२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराजित न्युजिल्याण्ड पाकिस्तानद्वारा पराजित, धवन र कोहलीको रेकर्ड तोडियो

११ असार २०७६, बुधबार १९:१०

असार १२, काठमाडौँ | पाकिस्तानका ब्याट्सम्यान बाबर आजमको शतकीय पारीसँगै पाकिस्तानले जारी विश्वकप क्रिकेटमा अपराजित टिम न्युजील्याण्डलाई ६ विकेटले पराजित गरेको छ । बाबर आजमले लकी फर्ग्यूसनको बलमा सिंगल लिएर पाकिस्तानको लागि जारी विश्वकपमा पहिलो शतक बनाउन सफल भए । बर्मिंघमको एजबेस्टन मैदानमा टस जितेर न्याजिल्यांडले पहिले ब्याटिङ गर्दै २३७ रन बनाएको थियो । 

न्युजिल्यान्डको लागि २३७ रनको स्कोर जोड्ने क्रममा जिमी नीशमले सर्वाधिक ९७ रन,  कोलिन डि ग्रैन्डहोमले ६४ रन र कप्तान केन विलियमसनले ४१ रन बनाएका थिए । पाकिस्तानको लागि शाहीन आफरीदीले ३ विकेट, मोहम्मद आमिर र शादाब खानले एक-एक विकेट लिए ।


खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानलाई दिएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवाती खेल खासै राम्रो भएन । उसको सुरुवाती २ विकेट विकेट छिट्टै गुम्न पुग्यो । तर त्यस पछि आएका बाबर आजमले शतक लगाएर टीमलाई जीत दिलाए । खेलमा पाकिस्तानका हरिस सोहेलले पनि निकै उत्कृष्ट प्रदर्शन गरे । उनले ६८ रनको महत्वपूर्ण योगदान गरे । पाकिस्तानले न्युजील्याण्डले दिएको २३८ रनको लक्ष्य अन्तिम ओभरको पाँच बल बाँकी छंदा पुरा गर्न सफल भयो । न्यूजील्याण्डको लागि बोल्ट, फर्ग्यूसन र विलियम्सनले एक-एक विकेट लिन सफल भए । 


दुवै टीमको लागि इंग्ल्याण्डमा भएको यो सहित पाँचौं खेल हो । इंग्ल्याण्डमा भएको पछिल्लो चार खेलमा पाकिस्तानले मात्र जित निकालेको थियो । पाँचौं खेल पनि पाकिस्तानलेनै जितेको छ । न्युजिल्यान्डको टीमले पाकिस्तानविरुद्ध पछिल्लो पटक ११ जून १९८३ को खेल जितेको थियो । त्यतिबेला न्यूजील्याण्डले पाकिस्तानलाई ५२ रनले पराजित गरेको थियो । 

न्यूजील्याण्ड बिरुद्ध २९ रनको आंकडा बनाए लगत्तै पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले विराट कोहली र शिखर धवनको वानडे क्रिकेटको ठूलो रेकर्ड तोड्न सफल भए । बाबर आजमले सबैभन्दा छिटो ३००० वानडे रन बनाएर रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । टीम इन्डियाका कप्तान विराट कोहलीलाई आफ्नो आदर्श बताउने बाबर आजमले धवन र कोहलीकै रेकर्ड तोड्न सफल भएका हुन् । 

विश्वकपमा आज (बिहिबार) भारत र वेस्टइन्डिज भिड्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल