२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

साप्सुखोलामा पुलको शिलन्यास

२०७६, १२ असार बिहीबार ०५:४३

चिसाङ शेर्पा, असार १२, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबाट चार गाउँपालिका जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित ‘बाटो फेदी’ भन्ने स्थानमा ४० मिटर लम्बाई र ६ मिटर चौडाईको प्रिस्ट्रेस बिमवाला मोटरेबल पुल निर्माणको भौतिक संरचनाको प्रक्रिया सुरु भएको हो ।


खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म गाउँपालिकाले विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडकमा पर्ने बाटो फेदीमा निर्माण हुने पुलको बुधबार सार्वजनिक सुनुवाई र गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले शिलन्यास गरेका छन् । ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ लागतमा निर्माण हुने मोटरेबल पुलको १७ जेठमा निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालि र गाउँपालिकाबीच सम्झौता भएको हो । १७ जेठ २०७८ मा समापन गर्नुपर्ने पुलका लागि प्रदेश सरकारबाट १ करोड ३५ लाख बजेट बिनियोजन भएको छ । अपुग बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिनेछ । प्रदेश र सङघीय सरकारले बजेट नदिएमा गाउँपालिकाबाट बजेटको व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार गठनपछि पहिलो पटक स्थानीय सडक पुल सहयोग ईकाई (एलआर बिपी)ले प्राविधिक सहयोग गर्ने पुलको काम आगामी कार्तिक अन्तिमबाट सुरु गरिने निर्माण कम्पनीका कन्ट्रयाक्टर हरि बरालले बताए । ठेक्का लागे पनि प्रतिकुल मौसमका कारण तत्काल पुलको काम गर्न नसकिने उनले बताए । जिल्लाको दक्षिणी भेगका स्थानीयका लागि सदरमुकाम दिक्तेल आवतजावत गर्न सबैभन्दा छोटो दुरीको सडकमा बन्ने पुलको विषयमा अर्जुनदृष्टिका साथमा सवै लाग्नुपर्ने गाउँपालिकाकी उपाध्यक्ष सपना राईले बताईन् । पुल गाउँपालिकाको मात्रै हैन, स्थानीयहरुको लागि हो, पुल नभएकै कारण उहाँहरुले धेरै समय दुःख खेप्नु प¥र्यो । उपाध्यक्ष राईले थपिन् ‘निर्माण कम्पनीले निर्धारित म्यादभित्रै पुल गाउँपालिकालाई जिम्मा दिनुपर्छ ।’ 

हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने र अबको केही समयपछि वर्षाद सुरु भएसँगै यातायात ठप्प हुने भएकाले पुल तोकेको समयमा भन्दा अझ छिटो बनाउनुपर्ने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकालाई संमृद्धितिर लैजान यहि पुल हो । अर्को कुनै बाटो छैन, सदरमुकाम जानका लागि पुल नबनेमा प्राकृतिक नाकाबन्दी टुट्दैन । त्यस कारण हामी टापुमा बसेजस्तो भएका छौ । अध्यक्ष राईले भने, साना–साना खोलाले गर्दा बाहिर निस्कन नपाएका स्थानीयका लागि निर्माण हुने यो पुल नाकाबन्दी तोड्ने पुल हुनेछ । गाउँपालिकाको गौरवको योजनामा रहेको पुलको काममा स्थानीय, गाउँपालिकाले सबै खाले सहयोग गर्ने विश्वास दिलाउदै चाडो भन्दा चाडो पुल समापन गरिदिन निर्माण कम्पनीलाई उनले आग्रह गरे । गाउँपालिका र स्थानीयले साथ सहयोग गर्दागर्दै पनि वेलैमा पुलको काम नसकिए निर्माण कम्पनीलाई त्यो फलामको चिउरा सरह हुनेछ । उनले भने ।

सदरमुकाम दिक्तेल नजिक रहेको गाउँपालिका जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । पुल नहुंदा हाल हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने गरेको छ । त्यस रुटको साप्खुखोलामा पक्की पुल नहुनु नै सो गाउँपालिकासहित खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका लागि बिकासको बाधक बनेको छ । 

क्याप्सन : पुलको शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई  लगायत । तस्विर चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो