२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएइको नेपाली राजदूतावासमा पासपोर्टलाई आवेदन दिँदा थाहा पाउनु पर्ने प्रक्रिया र जानकारी

१४ असार २०७६, शनिबार १७:०३

१) MRP राहदानीको लागि के के कागजात पेश गर्नुपर्दछ ?

क) सबै विवरण भरेको फारम दुई प्रति

ख) सक्कल नागरिकता र त्यसको फोटोकपी

ग) सक्कल राहदानी र त्यसको फोटोकपी

घ) तोकिएको ढांचाको फोटो चार प्रति

२)  MRP राहदानीको लागि कति शुल्क लाग्दछ ?

३२० धिराम लाग्दछ ।

तर राहदानी हराएको, नासिएको वा राहदानीमा क्षति पुर्‌याएको अवस्थामा ६४० धिराम लाग्दछ

३) MRP राहदानी कसले जारी गर्दछ ?

MRP राहदानी काठमाण्डौ नारायणहिटीस्थित राहदानी विभागले प्रदान गर्दछ।

४) MRP राहादानी बनेर आउन  कति समय लाग्दछ ?

फाराम बुझाएपछि MRP राहादानी बन्न करिब ३ महिनामा लाग्दछ ।

५) राहदानी बनेर आए नआएको कसरी थाहा पाउने ?

यो जानकारी तपाईंले दुई किसिमबाट थाहा पाउन सक्नुहुन्छ ।

राहदानी बनेर आएका व्यक्तिहरुको नामावली दूतावासको वेवसाईट http://www.nepalembassyuae.org/en/media-centre1/mrp-list मा राखिएको हुन्छ। वेवसाइटको मुखपृष्ठमा रहेको सूचना हेरेर वा हेर्न लगाएर आफ्नो नाम रहेको लट नम्बर र सिरियल नम्बर टिपेर आउनुपर्दछ ।

दूतावासको सूचना पाटीमा समेत राहदानी बनेर आएका व्यक्तिहरुको नामावली टाँस गरिएको हुन्छ ।

६) MRP राहदानीको दरखास्त फाराम बुझाउन र MRP राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनु पर्दछ ?

हो, राहदानीको दरखास्त फाराम बुझाउन तथा राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनुपर्दछ ।

७) MRP राहादानी लिन आउँदा के के कागजात लिएर आउनु पर्दछ ?

MRP लिन आउँदा पैसा बुझाएको रसिद, पुरानो राहदानी र सक्कल नागरिकता लिई आवेदक आफैँ आउनु पर्दछ । यदि अस्थायी राहदानी लिएको भए सो समेत लिएर आउनु पर्दछ।

८) दुतावासमा दरखास्त फाराम बुझाएपछि काठमाण्डौबाट पासपोर्ट लिन पाईन्छ कि पाईदैन ?

पाईन्छ, तर यसका लागि दूतावासले लेखेको पत्र लिएर राहदानी विभाग नारायणहिटीमा सम्पर्क गर्न जानु पर्दछ ।

९) MRP राहदानीको लागि दरखास्त फाराम कहाँ पाईन्छ ?

यस दूतावासको वेवसाईट वा www.dopmofa.gov.np/mrp मा गएर Online भरेर प्रिन्ट गर्न सकिन्छ । प्रिन्ट गर्दा Page Scaling को None Option मा गएर मात्र Print गर्नुपर्दछ । अथवा कुनै फाराम भर्ने सर्भिस सेन्टरमा गएर फाराम भर्नुपर्दछ ।

१०) MRP राहदानी बनेर आएपछि त्यसमा नाम, थर, जन्ममिति, ठेगाना सच्याउन मिल्छ कि मिल्दैन ?

MRP बनेपछि त्यसमा कुनै किसिमले कुनै पनि विवरण सच्याउन मिल्दैन । यदि सच्याउनु परेमा नयाँ  MRP राहादानी नै बनाउनु पर्दछ।

११) MRP मा बच्चाको फोटो टाँस्न मिल्छ कि मिल्दैन ?

MRP मा बच्चाको फोटो टाँस्न मिल्दैन । बच्चाको पनि नयाँ MRP राहदानी नै बनाउनु पर्दछ ।

१२) दूतावासमा राहदानी फाराम बुझाउने र वितरण गर्ने समय के हो ?

राहदानी फाराम बुझाउने समय आइतबाररदेखि बिहीवारसम्म बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म हो। फारम बुझाएपछि नै राहदानी लिन कहिले र कुन समयमा आउने भनेर सोध्नुहोस् । अथवा तल दिईएको नम्बरमा सम्पर्क गरेर पनि राहदानी बुझ्ने समय थाहा पाउन सक्नुहुन्छ ।

१३) पासपोर्टसँग सम्बन्धित जानकारीको लागि कहाँ सम्पर्क गर्ने ?

नेपाली राजदूतावास

सेक्टर डब्लु १५–२, भिल्ला नम्बरः १३/१, प्लट नम्बर ४० अल करामा स्ट्रिट, अल करामा एरिया

फोन नम्बरः००९७१–२६३४४७६७

फ्याक्स: ००९७१२६३४४४६९ पोस्ट बक्सः ३८२८२,

इमेलः[email protected]

वेबसाइटः www.nepalembassyuae.org

कार्यालय खुल्ने समय: कन्सुलरको कार्यालय खुल्ने समय: बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म (आइतबाररदेखि बिहीवारसम्म)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली