१) MRP राहदानीको लागि के के कागजात पेश गर्नुपर्दछ ?

क) सबै विवरण भरेको फारम दुई प्रति

ख) सक्कल नागरिकता र त्यसको फोटोकपी

ग) सक्कल राहदानी र त्यसको फोटोकपी

घ) तोकिएको ढांचाको फोटो चार प्रति

२) MRP राहदानीको लागि कति शुल्क लाग्दछ ?

३२० धिराम लाग्दछ ।

तर राहदानी हराएको, नासिएको वा राहदानीमा क्षति पुर्याएको अवस्थामा ६४० धिराम लाग्दछ

३) MRP राहदानी कसले जारी गर्दछ ?

MRP राहदानी काठमाण्डौ नारायणहिटीस्थित राहदानी विभागले प्रदान गर्दछ।

४) MRP राहादानी बनेर आउन कति समय लाग्दछ ?

फाराम बुझाएपछि MRP राहादानी बन्न करिब ३ महिनामा लाग्दछ ।

५) राहदानी बनेर आए नआएको कसरी थाहा पाउने ?

यो जानकारी तपाईंले दुई किसिमबाट थाहा पाउन सक्नुहुन्छ ।

राहदानी बनेर आएका व्यक्तिहरुको नामावली दूतावासको वेवसाईट http://www.nepalembassyuae.org/en/media-centre1/mrp-list मा राखिएको हुन्छ। वेवसाइटको मुखपृष्ठमा रहेको सूचना हेरेर वा हेर्न लगाएर आफ्नो नाम रहेको लट नम्बर र सिरियल नम्बर टिपेर आउनुपर्दछ ।

दूतावासको सूचना पाटीमा समेत राहदानी बनेर आएका व्यक्तिहरुको नामावली टाँस गरिएको हुन्छ ।

६) MRP राहदानीको दरखास्त फाराम बुझाउन र MRP राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनु पर्दछ ?

हो, राहदानीको दरखास्त फाराम बुझाउन तथा राहदानी लिन निवेदक स्वयं दूतावासमा उपस्थित हुनुपर्दछ ।

७) MRP राहादानी लिन आउँदा के के कागजात लिएर आउनु पर्दछ ?

MRP लिन आउँदा पैसा बुझाएको रसिद, पुरानो राहदानी र सक्कल नागरिकता लिई आवेदक आफैँ आउनु पर्दछ । यदि अस्थायी राहदानी लिएको भए सो समेत लिएर आउनु पर्दछ।

८) दुतावासमा दरखास्त फाराम बुझाएपछि काठमाण्डौबाट पासपोर्ट लिन पाईन्छ कि पाईदैन ?

पाईन्छ, तर यसका लागि दूतावासले लेखेको पत्र लिएर राहदानी विभाग नारायणहिटीमा सम्पर्क गर्न जानु पर्दछ ।

९) MRP राहदानीको लागि दरखास्त फाराम कहाँ पाईन्छ ?

यस दूतावासको वेवसाईट वा www.dopmofa.gov.np/mrp मा गएर Online भरेर प्रिन्ट गर्न सकिन्छ । प्रिन्ट गर्दा Page Scaling को None Option मा गएर मात्र Print गर्नुपर्दछ । अथवा कुनै फाराम भर्ने सर्भिस सेन्टरमा गएर फाराम भर्नुपर्दछ ।

१०) MRP राहदानी बनेर आएपछि त्यसमा नाम, थर, जन्ममिति, ठेगाना सच्याउन मिल्छ कि मिल्दैन ?

MRP बनेपछि त्यसमा कुनै किसिमले कुनै पनि विवरण सच्याउन मिल्दैन । यदि सच्याउनु परेमा नयाँ MRP राहादानी नै बनाउनु पर्दछ।

११) MRP मा बच्चाको फोटो टाँस्न मिल्छ कि मिल्दैन ?

MRP मा बच्चाको फोटो टाँस्न मिल्दैन । बच्चाको पनि नयाँ MRP राहदानी नै बनाउनु पर्दछ ।

१२) दूतावासमा राहदानी फाराम बुझाउने र वितरण गर्ने समय के हो ?

राहदानी फाराम बुझाउने समय आइतबाररदेखि बिहीवारसम्म बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म हो। फारम बुझाएपछि नै राहदानी लिन कहिले र कुन समयमा आउने भनेर सोध्नुहोस् । अथवा तल दिईएको नम्बरमा सम्पर्क गरेर पनि राहदानी बुझ्ने समय थाहा पाउन सक्नुहुन्छ ।

१३) पासपोर्टसँग सम्बन्धित जानकारीको लागि कहाँ सम्पर्क गर्ने ?

नेपाली राजदूतावास

सेक्टर डब्लु १५–२, भिल्ला नम्बरः १३/१, प्लट नम्बर ४० अल करामा स्ट्रिट, अल करामा एरिया

फोन नम्बरः००९७१–२६३४४७६७

फ्याक्स: ००९७१२६३४४४६९ पोस्ट बक्सः ३८२८२,

इमेलः[email protected]

वेबसाइटः www.nepalembassyuae.org

कार्यालय खुल्ने समय: कन्सुलरको कार्यालय खुल्ने समय: बिहान ९:३० बजेदेखि दिउँसो १:३० बजेसम्म (आइतबाररदेखि बिहीवारसम्म)