पढ्न करिब 1 मिनेट लाग्छ

असार १५, काठमाडौँ | स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट व्यापारिक प्रतिबन्धपछि गुगलले पनि कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनाबाट रद्द गरिसकेको छ ।

यस निर्णयपछि हुवावे आफ्ना स्मार्ट फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउन नपाउने भएको छ । अमेरिकाको अर्थ मन्त्रालयले हुवावेलाई राष्ट्रिय सुरक्षाका लागि खतरा रहेका कम्पनीहरुको सूचीमा सूचीकृत गरेपछि यो समस्या आएको हो ।

प्रतिबन्धबाट कम्पनीलाई नोक्सान हुने स्वीकार गर्दै ३० देखि ४० अर्ब डलर घाटा हुन सक्ने स्वीकारेको छ । यदि हुवावेले ‘गुगल सिस्टम’ लोड नगर्ने हो भने गुगललाई भविष्यमा ७० देखि ८० करोड युजर्स नोक्सान हुनेछ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।