२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु, चार जना घाइते

१५ असार २०७६, आईतवार १५:३६

असार १५, सर्लाही। प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । 

प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन (सरोज) महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही क्षेत्र नं– १ का सांसद प्रमोद साहले जानकारी दिनुभयो । प्रहरीको गोली लागि चार जना घाइते भएका उहाँले बताउनुभयो । 

सर्लाही र महोत्तरीको सिमा छुट्याएर बग्ने बाँके खोलामा मापदण्डविपरीत ढुङ्गा गिटी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार स्थानीयवासी लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमितको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा शव राखेर प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले राजमार्गमा शव राखेर १० मिटेन जति अवरोध गरेपछि त्यस क्रममा प्रहरीले राजमार्ग खुलाउन खोज्दा दोहोरो झड्प भएको थियो । प्रहरीले चलाएको गोली देवनको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी गङ्गा महतोले जानकार िदिनुभयो । घाइतेहरुको परिचय खुलेको छैन् । 

बाटो खुलाउन तथा स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवैतर्फबाट १४ सेल अश्रुग्यास र करीब दुई दर्जन हवाई फायर गरेको जनाइएको छ ।  प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा चलाउन थालेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनुभयो । 

प्रहरीको गोली लागेर मृत्यु भएको देवन महतो शव र हिजो शनिबार बाँके खोलाको खाल्डोमा डुबी मृत्यु भएको अमित रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य