२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका शिक्षकले गरे तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी

१६ असार २०७६, सोमबार ०५:२९

असार १६,  जुम्ला |  जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । 

गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताउनुभयो ।

ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गतेका दिन चार दिनको अल्टिमेटम दिँदासमेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको शान्तिजन आधारभूत विद्यालय काडागाउँका शिक्षक घनश्याम बुढाले बताउनुभयो । विद्यालय बन्द हँुदा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । यता सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताउनुभयो ।

विद्यालय बन्द हँुदा विद्याथीको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगर्न उहाँले आग्रह गर्नुभयो । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या हल गर्नुपर्ने रावलको भनाइ छ । यता आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य