२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल्स स्टार तथा प्लस साइज मोडलले देखाए ट्यालेन्ट

१६ असार २०७६, सोमबार १६:१०

असार १६, काठमाडौं | सिद्धि मिडिया आयोजक रहेको सौदर्य प्रतियोगिता ‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९(सिजन –४)’का प्रतियोगीतले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।

युनिभर्सल लन्च एण्ड बार तीन कुनेमा आइतबार आयोजित ट्यालेन्ट राउण्डमा दुबै प्रतियोगीताका सबै प्रतियोगिले प्रतिभा देखाएका हुन् । कार्यक्रममा अधिकाम्स प्रतियोगीले नृत्य र गायन प्रतिभा देखाएका थिए, भने केहीले अभिनय र ड्रामा समेत प्रस्तुत गर्न भ्याए ।


दुबै प्रतियोगिताको अन्तिम स्पर्धा असार १८ गते बुधबार राजधानीमा आयोजना हुँदैछ । कार्यक्रममा ‘नेपाल्स स्टार मोडल’ तर्फ १६ जना र ‘नेपाल्स् प्लस साइज मोडल’ तर्फ ८ प्रतियोगी भिड्दै छन् । सचु गुरुङ, बालकृष्ण पोखरेल, रीता केसी, अमिता शाह, आयुस ठकुरी, आकाश गिरी लगायत ट्यालेन्ट राउण्डको निर्णायकमा रहेका थिए । 

दुबै कार्यक्रममा युवायुवतीको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी र उपयुक्त प्लेटफर्म श्रृजर्ना गर्ने उदेश्यले आयोजना गरिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।


शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको शिर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगद सहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सिद्धीले मिडियाले मोटाहरुको लागि नेपालमै पहिलो पटक यो प्लससाइज मोडल आयोजना गरेको हो । यस अगाडि सिद्धी मिडियाले मोटीहरुको लागि ‘मिस चम्बी मोडल’ समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने