२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा बस र ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

१७ असार २०७६, मंगलवार ०३:५२

असार १७, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन् ।

आज बिहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पुलस्थित बा३ख २०५४ नंको बस र ना५ख ७७९५ नंको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी छ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अबरुद्ध भएको राजमार्गलाई प्रहरीले खुलाएको छ ।

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, त्यहीका  प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे,  गोपाल घिमिरे र सुजन घिमिरे छन् । घाइतेको लालबन्दीका विभिन्न स्पातालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य