२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत विश्वकप २०१९ को सेमीफाइनलमा, रोहितले गांगुलीको रेकर्ड तोडे

२०७६, १७ असार मंगलवार १८:०४

असार १७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले बंगलादेश सामु जितका लागि दिएको ३१५ रनको लक्ष्य पुरा गर्न नसकि अन्तिम २ ओभर बाँकी छंदा नै अल आउट गरेपछी भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले बंगलादेशलाई २८ रनले पराजित गरेको हो । यस जीतसँगै भारतीय टीम ७ औं पटक सेमीफाइनलमा पुगेको छ । 


टीम इंडिया पछिल्लो पटक २०१५ मा सेमीफाइनलमा पुगेको थियो । तब अस्ट्रेलियाले उसलाई ९५ रनले पराजित गरेको थियो । भारतले बाग्लादेशको वर्ल्ड कप इतिहासमा लगातार तेश्रो पटक पराजित गरेको हो । भारतको अर्को खेल अब श्रीलंका सँग ६ जुलाईमा हुनेछ । 

इंग्ल्याण्डको विर्मिङघममा टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले १०४ रन बनाउँदा केएल राहुलले ७७ रन बनाए । यस्तै रिशभ पन्तले ४८ रन र महेन्द्रसिंह धोनीले ३५ रन बनाए । बंगलादेशका लागि मुस्तफिजुर रहमानले पाँच विकेट लिए ।

खेलमा बंगलादेशको लागि सर्वाधिक रन शाकिव अल हसनले बनाए | उनले ६६ रन बनाए । त्यस्तै मोहमद शैफु द्दीनले नट आउट रहेर ५१ रन बनाए । बंगलादेशलाई अलआउट गर्ने क्रममा जस्प्रित बुम्राहले ४ विकेट लिए भने हार्दिक पाण्डेले ३ विकेट र भुवनेश कुमार, मोहमद शामी र याज्वेंद्र चहलले १/१ विकेट लिए । 


आजको खेल जितेसँगै भारतले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । यस अघि अष्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । बंगलादेशले आजको खेलमा पराजय भोगेसँगै अन्तिम ४ मा पुग्ने सम्भावना समेत गुमाएको छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले खेलेका आठ खेलमध्ये छ खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै १३ अंक बनाएको छ । बंगलादेशले भने ८ खेलमा ३ खेल जित र ४ खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै सात अंक मात्र जोडेको छ । 


रोहितले गांगुलीको रेकर्ड तोडे

रोहितले यस विश्वकपमा आफ्नो चौथो शतक लगाए । यससँगै उनि एक दिवसीय वर्ल्डकपमा ४ शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान बन्न सफल भएका छन् । उनले सौरव गांगुलीको ३ शतकको रेकर्ड तोडिदिएका छन् । गांगुलीले २००३ मा केन्या विरुद्ध २ र नामीबियाबिरुद्ध एक शतक प्रहार गरेका थिए । विश्वकपमा ४ सतक प्रहार गर्नेमा यसअघि २०१५ मा कुमार सँगकाराको नाम छ । उनि श्रीलंकाका खेलाडी हुन्  । त्यस्तै १९९६ मा मार्क वा (अष्ट्रेलिया) ले ३ र २००३ मा सौरव गांगुली (भारत) ले ३ शतकीय पारी खेलेका थिए । 


आजको खेलमा विराट कोहलीले २६ रन बनाएर आउट भए । हार्दिक पाण्डे खातानै नखोली आउट भए । दिनेश कार्तिकले ९ बलमा ८ रन बनाए । धोनीले ३३ बलमा ३५ रन बनाए । 

Photo Credit: Twitter 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ