२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका पदाधिकारीद्वारा ९ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाएको स्वीकार

२०७६, १८ असार बुधबार ०२:३०

असार १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् । 

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गरे । 

त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भने, “व्यक्तिका कारण छवि खराब हुनपुग्यो । आइन्दा यी कुरामा सजग हुनेछौँ ।

” त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ । 

मार्क्स्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो । छानविनपछि बद्मासी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो ।

यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले ‘इन्ट्री गरिएका मार्क्स्लिप’ लिएर गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो