2026-09-19 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाल आइडल’का सुमितको पहिलो गीत ‘समाचार’ सार्वजनिक

असार २०, काठमाडौँ | नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ लिएर आएका छन् । नेपाल आइडलमा सहभागी भएपछि उनले गाएको पहिलो गीत हो ‘समाचार’ । काली प्रसाद बास्कोटाको शब्द/ सङ्गीत रहेको गीतको भिडियो बिहीबार जी 21 को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा शिक्षा सङ्ग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ । भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यस अघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । 

जी 21 डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । जी 21 आफैमा एउटा स्थापित कम्पनी रहेको र आफूलाई राम्रो गाइडेन्स मिल्ने, यसबाट अझै राम्रो काम गर्न सहज हुने भएकाले आफू आबद्ध भएको सुमितले बताएका छन् । साथमा जी 21 ले पनि राम्रो कलाकारलाई बाहिर ल्याउन साथ दिनुपर्ने र आगामी दिनमा पनि यसै गरी साथ र सहयोग गर्ने लक्ष्यका साथ सुमितसँग सहकार्य गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो