2026-09-18 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षा याम सुरु भयो, यो याममा आफ्नो अनुहारको हेरचाह कसरी गर्ने थाहा पाइराख्नुहोस्

सास | बर्षा याममा आफैमा निकै शुन्दर प्रकृतिको देन हो । यो याममा पृथ्वीमा लाखौँ जीवनले सहज बाच्ने वातावरण पाउँछन् । त्यसो त बर्षा यामकै प्रभावले प्रकृतिमा हराभरा हुन्छ । बर्षाको पानीले वातावरणलाई नै सफा र स्वच्छ बनाइदिन्छ । वायुमण्डलमा मडारिईरहेको दुषित तत्वलाई बर्षालेनै पृथ्वीको धरातलमा मिलाइदिन्छ । आज हामीले बर्षा याममा आफ्नो शरीर, बिशेष गरि आफ्नो अनुहारको सुरक्षाको लागि केहि जानकारी दिने प्रयास गरेका छौं । बर्षा याममा आफ्नो अनुहारको छाला को साथै ओठ र आँखाको बिशेष हेरचाह गर्नुपर्छ । 

बर्षायाममा पानी परिरहने हुँदा मेकअपदेखि कस्ता-कस्ता कपडा लगाउने भन्ने कुरामा पनि ध्यान दिनु राम्रो हुन्छ । बर्षा याममा छालाको सुरक्षाको लागि अन्य याममा भन्दा बढी ध्यान दिनुपर्ने यससँग सम्बन्धित जानकारहरुको सुझाव छ । 

बर्षायाममा धेरै मेकअप गर्नु राम्रो हुँदैन । धेरै फाउन्डेशन लगाउनु हुँदैन । हल्का मात्र मेकअप गरेर घरबाहिर निस्कनु राम्रो हुन्छ । वास्तवमै भन्ने हो भने बर्षा याममा भारी मेकअप गर्दा तयसको असरले तपाइको छालाको छिद्रलाई बन्द गर्ने हुँदा त्यसले तपाइको छालामा हानी पुर्याउँछ ।

बर्षा याममा अनुहारलाई धुलो-मैलोबाट बचाउनको लागि स्किन टोनर लगाउनु पर्छ । बर्षा याम हो घामको खासै असर हुँदैन भन्ने नसोची सन क्रिम लगाउनु पनि राम्रो हुन्छ । कयौं मानिस बर्षा सिजनमा सनस्क्रीन लगाउन छोड्छन् तर तपाइँ त्यसो नगर्नुस । ताकी सनस्क्रीनको कारण घामको खतरनाक यूभी किरणबाट तपाइको अनुहार सुरक्षित होस् ।

बर्षा याममा अनुहार मात्र नभई ओठ र आँखाको पनि स्याहार गर्नु पर्छ । आँखा र ओठको आसपासको छाला कोमल हुन्छ । त्यसैले पनि त्यसको हेरचाह गर्नु पर्ने हुन्छ । आप लिप बाम (Lip Balm) को प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाइको ओठको सुरक्षा गर्छ । आँखाको लागि आई क्रीमको प्रयोग गर्नु राम्रो हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई