2026-09-19 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ ठाउँमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने तयारी, कुन-कुन स्थान परे ?

असार २१, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।

‘पहिलो हामीसँग सुरुङमार्ग निर्माणका लागि अनुभवी जनशक्ति छैन, अर्कोतिर सुरुङमार्ग निर्माण गर्दा आर्थिक रूपले कति फाइदामा छौं भन्ने विस्तृत अध्ययन गर्नुपर्छ,’  सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले भने, ‘दैनिक १० हजार गाडी गुड्ने सडकमा सुरुङमार्ग निर्माण गर्दा मात्रै आर्थिक रूपले फाइदा हुन्छ, सुरुङ निर्माण गर्दा सडकको दूरी घट्नुपर्‍यो, इन्धन खपत पनि कम हुनपर्छ, त्यो भएन भने आर्थिक रूपले घाटा हुन्छ ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सबै सुरुङको प्रारम्भिक चरणको काम चाँडै अघि बढाउने जानकारी दिए । ‘अन्डरपासलगायत सुरुङ निर्माण तीव्र गतिमा अघि बढाउँछौं,’ उनले भने, ‘प्रारम्भिक चरणको काम गर्न कुनै गाह्रो छैन, हामीले बजेट विनियोजन गरिसकेका छौं ।’

– यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो