Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IIFA द्वारा नेपालमा अवार्ड आयोजना गर्ने निर्णयबारे अस्वीकार, कसैको दावीमा जिम्मेवारी नलिने

२०७६, २१ असार शनिबार २०:०६

असार २२, काठमाडौँ | नेपालमा आइफा अवार्ड आयोजना गर्ने विषयमा आफ्नो कुनै निर्णय नभएको भन्दै आइफा आयोजक कम्पनीले अझै पनि नेपाल अईफा आयोजना गर्न दावी गर्ने देशको सूचीमै रहेको बताएको छ । उसले नेपालमा आइफा अवार्ड आयोजना गर्ने निर्णय भएको बिषयमा हल्ला मात्र चलेको भन्दै अस्वीकार गरेको हो । 

चलचित्र पुरस्कारमा आफ्नो महत्वपूर्ण स्थान बनाएको अन्तरराष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कार (आइफा) को बिषयमा नेपालमा विवाद बढ्दै गएको रिपोर्ट पाएको आयोजक कम्पनीले नेपाल अझै पनि नेपालको नाम अईफा आयोजना गर्न दावी गर्ने देशको सूचीमै रहेको टिप्पणी दिएको छ ।  

भारतीय संचारमाध्यमहरुलाई आईफाले दिएको जानकारी अनुसार भारतीय संचार माध्यमहरुले बिभिन्न कोणबाट समाचार हरु लेखेका छन् । समाचार अनुसार नेपालको संसदमा फिल्म एवम् सांस्कृतिक बिषयसँग जोडिएका केहि दलले नेपालमा आइफा अवार्ड आयोजनाको बिषयलाई लिएर विरोध गरेको उल्लेख छ । उक्त समाचारमा आइफाले भारतका संचार माध्यमहरुलाई नेपालमा आइफा आयोजना गर्ने बिषयमा जानकारी दिने क्रममा यो बर्षको पुरस्कारको आयोजक राष्ट्रको लागि नेपालको नाममा अन्तिम फैसला भईनसकेको बताएको समाचारहरु सार्वजनिक भएका छन् ।

भारतीय एक संचार माध्यमले समाचारलेखेको छ 'सन् २००० मा शुरू भएको आइफा पुरस्कार नेपालमा आयोजनाको बिषयलाई लिएर हालै त्यहाँको संसदले एक प्रस्ताव पारित गरेको थियो । तर नेपालमा अवार्ड आयोजनालाई लिएर विरोध सुरु भएको छ ।'

आइफा आयोजकले एक भनाई जारी गर्दै भनेको  छ कि 'आयोजकले नेपाललाई यस बर्षको अवार्ड आयोजकको दर्जा अहिलेसम्म दिएको छैन ।' कम्पनीको भनाई अनुसार आइफा आयोजनाको लागि संसारका कयौं देशको नाममा अझै विचार गरिदैछ र त्यस्तै देशको सूचीमा नेपाल पनि रहेको छ । 

आइफाको आयोजक कम्पनी विजक्राफ्ट इन्टरनेशनलका निर्देशक विज आन्द्रे टिमिन्सले भनेका छन् कि 'आइफाको सकारात्मक उपलब्धिहरुलाई हेरेर हामीलाई लगातार कयौं देशबाट उनीहरुको शहरमा आइफा आयोजनाको लागि निमन्त्रणा आईरहन्छ । नेपालले यस वर्षको अवार्डको आयोजनाको लागि सम्पर्क गरेको छ तर अहिलेसम्म नेपालको नाम सम्भावितको सूचीमै छ । यदी यस बारेमा नेपालका कुनै संस्थानले कुनै दावी गर्छ भने त्यो सत्य होइन । यस्तै प्रकारको दावीले यदी कुनै कर्पोरेट घराना वा कसैको कुनै नोक्सान भएमा आइफा जिम्मेवार हुनेछैन ।' 

माथिको तश्वीरमा: आइफाको आयोजक कम्पनी विजक्राफ्ट इन्टरनेशनलका निर्देशक विज आन्द्रे टिमिन्स 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ