२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट जापान उडान तालिका सार्वजनिक

२०७६, २३ असार सोमबार ०३:२१

असार २३, काठमाडौँ | नेपाल वायुसेवा निगमले काठमाडौँ–ओसाका–काठमाडौँ उडान तालिका सार्वजनिक गरेको छ । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहिबेर स्थगन गरिने भएको छ ।

निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे २ बजे जापान उडान गर्दैछ । विमानस्थलमा दोस्रो चरणको मर्मत कार्य मनसुन सकिएपछि भदौ १६ देखि पुस १५ सम्म चार महिना सञ्चालन हुनेछ ।

जापान उडानको तालिका र विमानस्थल मर्मत सम्भारको समय जुधेपछि निगमले नागरिक उड्डयन प्राधिकरणलाई उडानका क्रममा काम रोक्न आग्रह गरेको थियो । भदौ १६ देखि दोस्रो चरणको मर्मत कार्य सुरु हुनेछ । 

नेपाल वायुसेवा निगमले आफ्नो उडान जापान भर्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य स्थगन हुनेछ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् । 


जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएपछि सोहि अनुमतिको आधारमा आगामी भदौ १२ देखि आफ्नै वाइडबडीमार्फत जापान उडान भरिनेछ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो । नेपालबाट सिधा जापान उडान भर्ने भएपछि जापानमा अध्ययन तथा कामको शिलशिलामा पुगेका हजारौं नेपालीहरुलाई सहज र सस्तो हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त