Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एकाबिहानै ‘छौंडा’ छुटेपछि…

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो ।

अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग भारतबाट आयातीत फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्रीका प्रमुख सहयोगीका रूपमा सुरुबाटै कार्यरत रिमालले कसप्रति लक्षित गरेका हुन् भन्ने धेरैले खुलदुली प्रकट गरेका छन् । उनले भने न आफ्नो ट्वीटबारे ओइरिएका प्रतिक्रियाको कुनै प्रस्टीकरण नै दिएका छन् ।

बिहान ६ बजेर ४० मिनेट जाँदा पोस्ट भएको ट्वीट थुप्रै रिट्वीट र लाइक भएका छन्, त्यत्ति नै प्रतिक्रिया आएका छन् । प्रायः संयमित रहने रिमालले किन एक्कासि सरकारलाई हतास मनस्थितिमा देखाउने ट्वीट गरे भन्नेमा धेरैको जिज्ञासा देखिएको छ ।

प्रधानमन्त्री ओली एकपछि अर्को निर्णयबाट हट्न बाध्य हुनुपरेको र पार्टीमा अन्य नेताहरूसँग कार्यविभाजन टुंगोमा पुर्‍याउन नसकेको पृष्ठभूमिमा रिमालको ट्वीटले बालुवाटारको मनस्थिति दर्शाएको मानिएको छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।