१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन भन्दा पनि एक चिम्टी नुन महत्वपूर्ण, तर कसरी ?

२३ असार २०७६, सोमबार ११:१२

टिप्स | वास्तु शास्त्रका अनुसार नूनले खाने कुरालाई स्वादिलो बनाउने मात्र होइन यसको प्रयोगबाट जीवनमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।

नुनमा हुने अदभुत शक्तिले घरमा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ । तल जानकारी लिनुस सुन भन्दा महत्वपूर्ण नुनको चामत्कारिक गुणबारे:

१- वास्तु शास्त्र भन्छ घरमा नुनको प्रयोगले नकारात्मक उर्जा नष्ट हुन्छ । परिवारको कुनै सदस्यलाई कसैको नजर लागेमा एक चिम्टी नुन त्यस्तो ब्यक्तिको शिरमाथि घुमाएर पानीमा बगाइदिएमा यस्तो दोष मेटिन्छ । यो मानिसहरुको स्वागतका लागि पनि प्रयोग गर्न सकिन्छ ।

२- वास्तु दोष हटाउनका लागि काँचको कचौरामा नुन राखेर शौचालय वा वाथरुममा राख्दा घरमा सकारात्मक उर्जा जम्मा हुन सक्छ । शौचालय र स्नान गृहमा नकारात्मक उर्जा जम्मा हुने हुँदा नुनले यस्तो उर्जालाई निषेध गर्ने वास्तु शास्त्रको भनाइ छ ।

३- काँचको कचौरामा केही मात्रामा नुन राखेर घरको कुनै कुनामा राखिदिनुस् । यसले पुरै घरमा सकारात्मक उर्जा प्रभाहित हुन्छ । यसरी राखिने नुनले राहु, केतुको दशा समेत मेटाउँछ । यसरी नुन राख्दा मनमा उत्पन्न हुने नकारात्मक विचार निषेध हुन्छन् ।

४- ढिक्के नुनलाई रातो कपडामा बेरेर घरको मुख्य द्वारमा राख्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्न नपाउने वास्तु शास्त्रको भनाइ छ । यस्तो नुनलाई आफ्नो कार्यस्थल वा ब्यापारिक स्थलमा पनि राख्न सकिन्छ ।

५- रात्रिकाल अघि नै पानीमा एक चुट्की नुन मिलाएर हात खुट्टा धुँदा चिन्ताबाट मुक्त हुने वास्तु शास्त्रको भनाइ छ । यसो गर्दा निद्रा र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने मानिन्छ ।

६- घरमा रक सल्ट ल्याम्प राख्दा पनि सकारात्मक उर्जा पैदा हुन्छ । वास्तुका अनुसार यो विधिले घरमा शान्ति अमन चयन र समृद्धी बढ्छ । रोगको पनि नाश हुन्छ ।

७- हप्तामा एक पटक नुन मिसिएको पानीले बच्चालाई स्नान गराइदिनु पर्छ । यसो गर्दा कसैको नजर नलाग्ने वास्तु शास्त्रको भनाइ छ । नुन पानीले स्नान गराएको बच्चालाई स्वास्थ्य समस्या पनि कम हुने वास्तु शास्त्रको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता