२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा पुगेकी नुवाकोटकी अनुद्वारा उद्धारको अपिल

२६ असार २०७६, बिहीबार १६:१३

सुशील दर्नाल, असार २६, काठमाडौँ । नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुवेत पुगेकी तामाङले अहिले शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो गरिरहेकी छिन् । गैरकानूनी रुपमा कुवेत पुगेकी तामाङले अहिले सामाजिक सञ्जालमार्फत आफूलाई त्यहाँबाट फर्काउन नेपाल सरकारसँग हारगुहार गरिरहेकी छिन् । 

घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको पीडित तामाङ बताउँछिन् । अहिले तामाङको परिवारले उद्धारका लागि परराष्ट्र मन्त्रालय र प्रहरी प्रशासनमा निवेदन दिएको छ । वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयअन्तर्गतको काउन्सिलर विभागमा उद्धारका लागि पहल गरिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मनत्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

अनुकी छोरी सलिना तामाङले भनिन्, “मेरो ममीलाई ललाईफकाई गरी रमेश खत्री नाम गरेको एजेण्टले पठाएको रहेछ ।” आफ्नी ममीसँग भएका कुरा सुनाउँदै उनले भनिन्, “साहुले खान दिँदैन, पिट्छ भन्नुहुन्छ ।” उनले न्यायका लागि सम्बन्धित निकायमा पत्र दिएको बताइन् ।

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुवेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ती गरिएको छ ।

“गैरकानुनी रुपमा विदेश जानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि दोस्रो र तेस्रो पटकसम्म जाने र समस्यामा परेपछि हारगुहार गर्ने धेरै हुनुहुन्छ, त्यसैले मन्त्रालयले अब वास्तविक पीडितको पहिचान गरेर मात्र उद्धार गर्ने नीति बनाउँदैछ, त्यसका लागि मावन बेचबिखनसम्बन्धी नियमावली संशोधन गर्दैछ”, सहसचिव शर्माले भन्नुभयो ।

 मन्त्रालयले मानव बेचबिखन र गैरकानूनी रुपमा विदेश जाने प्रचलनमा न्यूनीकरणका लागि सिन्धुपाल्चोक र मकवानपुरलगायतका प्रभावित जिल्लाको समेत अध्ययन गरिरहेको छ । त्यसका साथै मानव बेचबिखनसम्बन्धी विभिन्न जिल्लामा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ ।

 श्रमिक बढ्दो मागसँगै विश्वमा मानव बेचबिखन तथा ओसारपसार पनि झन् बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पछिल्ले प्रतिवेदनअनुसार विश्वभर २९ करोड मानिस दासत्वका रुपमा रहेको अनुमान गरेको छ । मावन बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले अशिक्षा, गरीबी, बेरोजगारीसँगै प्रविधिको विकासले मानव बेचबिखन दिन प्रतिदिन बढ्दै गएको भन्दै न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

महिला मन्त्रालयका अनुसार आर्थिक र सामाजिक रुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल), बसाइ स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी तथा महिला सबैभन्दा बढी बेचबिखनको जोखिममा छन् । 

मानव बेचबिखन तथा नियन्त्रण कार्यको मुख्य दायित्व सरकारको भए पनि सरकारको एक्लो प्रयासले मात्र सम्भव देखिँदैन । त्यसैले विभिन्न सम्बन्धित सङ्घ÷संस्था, निजी क्षेत्र, विकास र साझेदारहरु र नागरिक समाजले संयुक्त रुपमा पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । सचेतनासँगै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लगायतका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य