२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा पढेर स्वदेश फर्क : डा भट्टराई

२०७६, २६ असार बिहीबार १६:२७

असार २६, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर सिकेको सीप उपयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा १३औँ क्यान शैक्षिक मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीलाई यस्ता मेला निकै उपयोगी हुने बताउनुभयो । 

कार्यक्रममा ब्रिटिश काउन्सिलका डेपुटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सचेत भएर जान आग्रह गर्नुभयो ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरेको र पहिलो दिन करीब ६० हजारले अवलोकन गरेको जानकारी दिनुभयो । मेला यही असार २९ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने