2026-09-13 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएको नवजात शिशु भेटियो, शिशु चोर्ने महिला पक्राउ

असार २८, पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३ः०० बजेतिर अस्पतालबाट हराएको थियो ।

कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा आज बिहान शिशुसहित महिला भेटिएकी हुन् । पाल्पा र स्याङ्जा प्रहरीको टोलीले मिर्मी बजार क्षेत्रबाट शिशुसहित महिलालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले हराएको शिशु र शिशुलाई चोर्ने महिलालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याइरहेको बताउनुभयो ।

प्रसूतिका लागि जमुना शुक्रबार बिहान ९ः३० बजे लुम्बिनी मेडिकल कलेजमा आउनुभएको थियो । बिहान ११ः५६ मिनेटमा रानाको दुई किलो ७१० ग्रामको शिशु जन्मेको थियो । सुत्केरी छोरी जमुना रेखदेखका लागि आमा अस्पतालमा रहनुभएको थियो ।

करीब अपराह्न २ः०० बजे अपरिचित महिलाले जमुनाको आमासँग भर्खर जन्मेको शिशुलाई खेलाउन मागेको तथ्य बाहिर आएको छ । आमाले छोरी जमुनाका लागि झोलिलो परिकार खोज्न खाजाघर निस्केका बेला महिलाले शिशु चोरेर भागेको  प्रहरीले जनाएको छ । 

अस्पतालमा सिसीटिभी नभए पनि होटलको सिसीटिभीको सहयोगमा शिशु बोकेर हिँडेकी महिलाको ‘फुटेज’ सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग रहेको फुटेजका आधारमा महिलाले पछाडि झोला, अगाडि शिशु बोकेर अस्पताल क्षेत्रबाट बाहिर निस्केको देखिएको थियो । करीब ४५ वर्षीया महिला हुनुपर्ने प्रहरीको अनुमान छ । ती महिलाको अझै सनाखत हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन