२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

२०७६, २९ असार आईतवार ०८:१६

असार २९, ऐजेन्सी |  यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ । 

सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध सेनाले राखेको बारुदी सुरुङमा परेर ती विद्रोही मारिएको उल्लेख छ । बारुदी सुरुङ विस्फोटबाट अरु धेरै विद्रोही घाइते भएका छन् ।

सरकारको नियन्त्रणमा रहेको मारिब प्रान्तको सेरवाहमा केही दिनदेखि सरकारी फौज र हुथी विद्रोहीबीच भिषण संघर्ष जारी छ । यसै महिनाको शुरुमा हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रले गभर्नर भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

साउदी गठबन्धनको सहयोगमा परिचालित यमनी सरकारी फौज गत अप्रिल २०१५ देखि नै मुलुकको उत्तर, पूर्व र पश्चिमी क्षेत्रमा संघर्षरत छ । यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । विद्रोहीहरुले राजधानी साना सहित मुलुकका अधिकांश स्थानलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

यमनी गृहयुद्धका कारण १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने तीस लाखभन्दा बढी मानिस विस्थापित भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ