२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका दुई युवा सहित ३ जना पेस्तोलसहित नयाँ बसपार्कबाट पक्राउ

२०७६, २९ असार आईतवार १७:०९

असार २९, काठमाडौँ | काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँको नयाँ बसपार्कमा पेस्तोल बोकेर हिँड्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा सर्च गर्दा प्रहरी टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवास पक्राउ परेका हुन् ।

मित्रनगर नयाँ बसपार्कस्थित होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचना पाएको प्रहरीले सर्च हानेको थियो । सर्चका क्रममा होटलमा पुगेको प्रहरीले सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल र उनीहरुले चढेको दुई थान मोटरसाइकल बरामद गरेको छ । 

बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा

नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ । स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो ।

पुल वरपर बालुवा झिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोट, बेलकोटगढी नगरपालिका र बालुवा तस्करहरुविरुद्ध उजुरीसमेत परेको छ । स्थानीयवासीले पुलै जोखिममा पारेर तस्करले बालुवा झिक्ने गरेको भन्दै आफूसमक्ष उजुरी आएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो । सो विषयमा जिल्ला समन्वय समितिका प्रमुख तामाङले गत साता जिल्ला आपत्कालीन समितिको बैठकमै बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानालाई सचेत गराउनुभएको थियो । नुवाकोटको काशीटारदेखि कोल्पुटारसम्म बालुवा बोकेका लामबद्ध टिपरले बस, माइक्रोबस र साना सवारीलाई आवतजावत गर्न गाह्रो परेको चालक बताउँछन् । 

पुल नजिकका क्षेत्रमा ढुङ्गागिट्टीको उत्खनन कार्य निरन्तर गरिएकाले पुलको बिम रहेको खोलाको सतह गहिरिँदै जाँदा पुल सङ्कटमा परेको हो । एक दशकअघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक मिटरभन्दा बढी गहिरिइसकेको स्थानीयवासीको भनाइ छ । अनियन्त्रितरूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन  गर्दा पुल जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २०० मिटर क्षेत्रफलमा ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य वस्तु उत्खनन गर्न रोक लगाएको छ । नियमावलीले पुलको वरपर बालुवा, ढुङ्गा, गिट्टीलगायत नदीजन्य उत्पादन झिक्न नपाइने व्यवस्था गरेको छ । 

स्थानीयवासीले पुल क्षेत्रमा पनि  दर्ता नगरी चोरी निकासी गर्नेहरुले भने बेलाबेलामा उत्खनन गर्ने गरेको गुनासो गरेका छन् । त्रिशूली नदीमा बालुवा, गिट्टी उत्खननले पुलको पिलर रहेको क्षेत्रमा खोलाको सतह गहिरिँदै गइरहेको छ । नदीमा स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाइए पनि ठेकेदारले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरी नदीजन्य वस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहँुदा राज्यले करोडौँ लगानी गरेर निर्माण गरेको पुल सङ्कटमा पर्दै गएको हो । थोरै राजश्व सङ्कलन हुने नाममा करोडौँको पुललाई दाउमा राखिरहेकाले यो क्षेत्रमा धादिङ र नुवाकोट दुवै जिल्लाका सरोकारवाला मिलेर नदीजन्य वस्तु उत्खननमा प्रतिबन्ध लगाउनुपर्ने स्थानीयवासीको भनाइ रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला