२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट फाइनल: पहिलो ऐतिहासिक सुपरओभर, इंग्ल्याण्ड बन्यो विश्व च्याम्पियन

२९ असार २०७६, आईतवार १९:१५

असार ३०, काठमाडौँ | लन्डनको लर्ड्स मैदानमा इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जितेको छ । फाइनल खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको घरेलु टिम इंग्ल्याण्डले पुरा ओभरमा २४१ रननै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । उक्त सुपर ओभर खेलमा इंग्ल्याण्डले १५ रन बनाएर न्युजिल्याण्डलाई १६ रनको लक्ष्य प्रस्तुत गर्यो । उक्त लक्ष्य पछ्याएको इंग्ल्याण्डले पनि १५ रननै जोडे पछी बाउन्ड्रीको आधारमा इंग्ल्याण्डले फाइनल खेल जित्न सफल बन्यो । 


खेलमा इंग्ल्याण्डको लागि बेन स्टोक्स र जोस बटलरको शतकीय साझेदारीको मद्धतले इंग्ल्याण्डको टीम च्याम्पियन बन्न सफल भयो । सुपर ओभर खेलमा इंग्ल्याण्डले बटलर र स्टोक्सलाई ब्याटिङमा उतारेको थियो । उस विरुद्ध न्युजिल्याण्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए । उता न्युजिल्यान्डको लागि सुपरओभर खेलमा मार्टिन गुप्टिल र जेम्स नीशमले ब्याटिङ गरे । दुवैले मिलेर १५ रन जोड्न सफल भए । इंग्ल्याण्डको लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए । 

विश्वकप २०१९ जितेसंगै इंग्ल्याण्ड छैटौं विश्वकप कप बिजेता राष्ट्र बन्न पुगेको छ । यस अघि वेस्टइन्डीज, भारत, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले विश्वकप जितेका छन् । न्यूजील्याण्डको टीम लगातार दोश्रो फाइनलमा पराजित हुन पुगे । अघिल्लो विश्वकपको फाइनलमा उसलाई अस्ट्रेलियाले पराजित गरेको थियो । 


विश्वकप इतिहासमा पहिलो पटक विजेता टीमको फैसला सुपरओभरले गरेको हो । अन्तिम ओभरमा इंग्ल्याण्डले १५ रन बनाउनुपर्ने थियो, तर १४ रन मात्र बनाउन सकेको थियो । खेलमा पुरा ओभर खेलेर न्युजिल्याण्डले इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य दिएको थियो । जवाफमा ब्याटिङ गर्न उत्रिएको इंग्ल्याण्डको टीमले पुरै ५० ओभरमा ८ विकेट गुमाई २४१ रनको बराबरी स्कोर बनाएर अलआउट भएपछि खेल सुपरओभरमा गयो । सुपर ओभर खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २ चौका सहित १५ रन बनाएको थियो । उक्त सुपर ओभरमा १६ रनको लक्ष्य पछ्याई उत्रिएको न्युजिल्याण्डले पहिलो बलबाट वाईड पाए पछि १ रन, त्यसपछिको बलमा २ रन, दोश्रो बलमा छक्का, तेश्रो बलमा २ रन, चौथो बलमा २ रन, पाँचौं बलमा १ रन र अन्तिम बलमा २ रन आवश्यक रहेकोमा २ रन बनाउन खोज्दै गर्दा रनआउट हुन पुग्यो । सुपर ओभर खेलमा इंग्ल्याण्डले २ बाउन्ड्री लगाएको कारण बिजेता बन्न सफल भयो ।


खेलमा टस जितेर न्युजिल्याण्डले ५० ओभरमा ८ विकेटमा २४१ रन बनाएको थियो । उसको लागि हेनरी निकोलसले ५५ ट टम लाथमले ४७ रनको पारी खेले । खेलमा केन विलियम्सनले ३० रन बनाएर आउट भए । खेलमा विलियम्सनले निकोलससंग दोस्रो विकेटको लागि ७४ रनको साझेदारी खेले । रस टेलर १५ रन बनाएर मार्क वुडको बलमा एलबीडब्ल्यू आउट भए । जेम्स नीशम १९ रन बनाएर प्लंकेटको बलमा जो रूट मार्फत क्याच आउट हुन पुगे । खेलमा कोलिन डी ग्रैन्डहोम १६ रन बनाएर क्रिस वोक्स को बलमा आउट भए । इंग्ल्याण्डको लागि खेलमा क्रिस वाक्स र लियम प्लन्क्वेटले समान ३/३ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वुडले समान १/१ विकेट लिन सफल भए । 

त्यसपछि न्युजिल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा खेलमा पहिले स्टोक्स र जोस बटलरले पाँचौं विकेटको लागि शतकीय साझेदारी खेले । स्टोक्सले नट आउट ८४ रन बनाए भने जोस बटलरले ५९ रन बनाएर आउट भए । खेलमा जनी बेयरस्टोले ३६ रन बनाएर फर्गुसनको बलमा आउट भए । कप्तान इयान मोर्गन ९ रन मात्र बनाएर पवेलियन फर्किए । जेम्स नीशमको बलमा लकी फर्गुसनले उनलाई क्याच आउट गरेका थिए । खेलमा जेसन रोयले १७ रन बनाएर आउट भएका थिए । जो रूटले खेलमा ७ रन बनाएर आउट भएका थिए । खेलमा इंग्ल्याण्डको लागि बेन स्टोक्स र जोस बटलरको शतकीय साझेदारीको मद्धतले इंग्ल्याण्डलाई न्युजिल्याण्डको २४१ रनको बराबरीमा पुर्याउन मद्धत मिलेको थियो ।

न्युजिल्याण्डको लागि खेलमा लक्ले फर्गुसन र जिम्मी निसमले समान ३/३ विकेट लिए भने मत हेनरी र कोलिन डी ग्र्याण्डहोमले समान १/१ विकेट लिएका थिए । 

खेलमा बेन स्टोक प्लेयर अफ द म्याच घोषित भए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल