२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमको समर अफर, के-के छन् सुविधा ? ९० दिनसम्म छुटै-छुट

३० असार २०७६, सोमबार ०३:०७

असार ३०, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेजसहितको समर अफर सार्वजनिक गरेको छ । यो अफर २०७६ असार २७ गतेदेखिनै लागु भईसकेको टेलिकमले जनाएको छ । 

सार्वजनिक योजना अनुसार पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा भ्वाइस प्याक, डाटा र एसएमएस लगाएत सुविधा दिएको छ ।

अफर अनुसार पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेटसम्म टेलिकमको मोबाइल तथा टेलिफोनमा कुरा गर्दा निशुल्क छ । त्यस्तै रु ५०० मै एकसय मिनेटसम्म कम्पनी बाहिरका अरु सेवा प्रदायक कम्पनीका सिममा कुरा गर्न सकिनेछ । साथै यही अफरमा एक महिनासम्म ५ सय mb डाटा प्रयोग गर्न पाइनेछ र १ सयवटा sms पनि पठाउन सकिने भएको छ । 

त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले मासिक ८ सय रुपैयाँमा छुट योजनामा ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न सक्नेछन् । जसमा प्रयोगकर्ताले १ महिनाभारी १ जिबी बराबरको डाटा प्याक र २ सयवटा एमएस गर्न सक्नेछन् ।


योजना अन्तर्गत १२ सय रुपैयाँको मासिक छुटमा ग्राहकहरुले १ हजार मिनेट कम्पनीका मोबाइ वा टेलिफोनमा कुरा गर्न सक्नेछन् भने १ सय ५० मिनेट कम्पनी बाहिरका मोबाइल तथा फोनमा कुराकानी गर्न सक्नेछन् । यो छुट योजना अन्तर्गत ग्राहकहरुले २.५ जिबी डाटा प्रयोग गर्न सक्नेछन् भने ३ सयवटा एसएमएस पठाउन सक्नेछन् ।

त्यस्तै संस्थागत ग्राहक समूह छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ । यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित कुराकानी गर्न पाउने सुविधा छ । यो योजनामा मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सियुजी (CUG) समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यो सेवामा मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सक्नेछन् ।

त्यस्तै प्रिपेड वा पोष्टपेड दुवैमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश प्रयोग गर्न सक्नेछन् । यो योजनामै २० मिनेट कम्पनी बाहिरका मोबाइल वा फोनमा कुरा गर्न सक्नेछन् । 

त्यस्तै योजना अन्तर्गत ७ सय रुपैयाँको संस्थागत प्याकेज लिने ग्राहकहरुले कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न सक्नेछन् । त्यस्तै १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा १५० वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ । 

यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न सकिन्छ । यो अफर अन्तर्गत १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र २५० एसएमएसको सुविधा र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाउनेछन् । यो सेवा अन्तर्गत सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा छ ।

त्यस्तै नेपाल टेलिकमको समर अफरमा कम्पनीको भ्वाइस सेवासहितको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज सार्वजनिक भएको छ । यी प्याकेजहरु १५ एमबिपिएस, २५ एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसमा उपलब्ध छन् । अफर अन्तर्गत १५ एमबिपिएसको डाटालाई एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको डाटा लिंदा ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको डाटामा ६ हजार ४ सय रुपैयाँ र एक वर्षको डाटा सेवा १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिने छ । यही सेवा अन्तर्गत २५ एमबिपिएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमा उपलब्ध छ । ४० एमबिपिएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबिपिएसको सोही प्याकेजको मूल्य क्रमश २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ ।

यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षको लागि क्रमश: २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निशुल्क उपलब्ध गराइएको छ ।

टेलिकमले एफटिटिएच सेवामा विगतको स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका ८ एमबिपिएस, १८ एमबिपिएस, ३५ एमबिपिएस र ५५ एमबिपिएसका उपलब्ध प्याकेजहरु यथावत कायम गरिएको छ । यद्यपि ती सेवामा निशुल्क प्राप्त भइरहेका भ्वाइस सेवाहरु केही समयका लागि बन्द गरिएको टेलिकमले जानकारी दिएको छ । टेलिकमले समर अफर ९० दिनसम्मका लागि लागू गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य