2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमको समर अफर, के-के छन् सुविधा ? ९० दिनसम्म छुटै-छुट

असार ३०, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेजसहितको समर अफर सार्वजनिक गरेको छ । यो अफर २०७६ असार २७ गतेदेखिनै लागु भईसकेको टेलिकमले जनाएको छ । 

सार्वजनिक योजना अनुसार पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा भ्वाइस प्याक, डाटा र एसएमएस लगाएत सुविधा दिएको छ ।

अफर अनुसार पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेटसम्म टेलिकमको मोबाइल तथा टेलिफोनमा कुरा गर्दा निशुल्क छ । त्यस्तै रु ५०० मै एकसय मिनेटसम्म कम्पनी बाहिरका अरु सेवा प्रदायक कम्पनीका सिममा कुरा गर्न सकिनेछ । साथै यही अफरमा एक महिनासम्म ५ सय mb डाटा प्रयोग गर्न पाइनेछ र १ सयवटा sms पनि पठाउन सकिने भएको छ । 

त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले मासिक ८ सय रुपैयाँमा छुट योजनामा ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न सक्नेछन् । जसमा प्रयोगकर्ताले १ महिनाभारी १ जिबी बराबरको डाटा प्याक र २ सयवटा एमएस गर्न सक्नेछन् ।

योजना अन्तर्गत १२ सय रुपैयाँको मासिक छुटमा ग्राहकहरुले १ हजार मिनेट कम्पनीका मोबाइ वा टेलिफोनमा कुरा गर्न सक्नेछन् भने १ सय ५० मिनेट कम्पनी बाहिरका मोबाइल तथा फोनमा कुराकानी गर्न सक्नेछन् । यो छुट योजना अन्तर्गत ग्राहकहरुले २.५ जिबी डाटा प्रयोग गर्न सक्नेछन् भने ३ सयवटा एसएमएस पठाउन सक्नेछन् ।

त्यस्तै संस्थागत ग्राहक समूह छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ । यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित कुराकानी गर्न पाउने सुविधा छ । यो योजनामा मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सियुजी (CUG) समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यो सेवामा मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सक्नेछन् ।

त्यस्तै प्रिपेड वा पोष्टपेड दुवैमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश प्रयोग गर्न सक्नेछन् । यो योजनामै २० मिनेट कम्पनी बाहिरका मोबाइल वा फोनमा कुरा गर्न सक्नेछन् । 

त्यस्तै योजना अन्तर्गत ७ सय रुपैयाँको संस्थागत प्याकेज लिने ग्राहकहरुले कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न सक्नेछन् । त्यस्तै १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा १५० वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ । 

यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न सकिन्छ । यो अफर अन्तर्गत १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र २५० एसएमएसको सुविधा र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाउनेछन् । यो सेवा अन्तर्गत सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा छ ।

त्यस्तै नेपाल टेलिकमको समर अफरमा कम्पनीको भ्वाइस सेवासहितको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज सार्वजनिक भएको छ । यी प्याकेजहरु १५ एमबिपिएस, २५ एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसमा उपलब्ध छन् । अफर अन्तर्गत १५ एमबिपिएसको डाटालाई एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको डाटा लिंदा ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको डाटामा ६ हजार ४ सय रुपैयाँ र एक वर्षको डाटा सेवा १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिने छ । यही सेवा अन्तर्गत २५ एमबिपिएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमा उपलब्ध छ । ४० एमबिपिएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबिपिएसको सोही प्याकेजको मूल्य क्रमश २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ ।

यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षको लागि क्रमश: २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निशुल्क उपलब्ध गराइएको छ ।

टेलिकमले एफटिटिएच सेवामा विगतको स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका ८ एमबिपिएस, १८ एमबिपिएस, ३५ एमबिपिएस र ५५ एमबिपिएसका उपलब्ध प्याकेजहरु यथावत कायम गरिएको छ । यद्यपि ती सेवामा निशुल्क प्राप्त भइरहेका भ्वाइस सेवाहरु केही समयका लागि बन्द गरिएको टेलिकमले जानकारी दिएको छ । टेलिकमले समर अफर ९० दिनसम्मका लागि लागू गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई