२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कंगोको गोमा शहरमा इबोला देखियो

३० असार २०७६, सोमबार ०६:४७

असार ३०, ऐजेन्सी | प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो । इबोला–पोजेटिभ देखिएका उनलाई तत्कालै उपचार केन्द्रमा भर्ना गरिएको छ । मन्त्रालयले गोमा शहरमा इबोलाको भाइरस फैलिने जोखिम निकै कम रहेको जनाएको छ । 

विश्व स्वास्थ्य संगठनले हालै एक प्रतिवेदन जारी गरी कंगोमा इबोला फैलिने खतरा निकै बढेको भन्दै चिन्ता व्यक्त गरेको थियो । करिब एक वर्ष यतादेखि निकै फैलिन थालेको इबोलाबाट संक्रमित बिरामीको संख्या दुई हजार नाघेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

गत महिना छिमेकी मुलुक उगान्डामा इबोलाको संक्रमण तिब्र भएपछि जाम्बिया र तान्जानिया जस्ता छिमेकी मुलुकहरुले सीमामा बिरामीको जाँचलाई निकै कडा बनाएका थिए ।

सन् २०१४ र २०१६ मा लाइबेरिया, गिनी र सियरालियोनमा व्यापक रुपमा फैलिएको इबोलाबाट करिब ११ हजार ३०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य