२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कंगोको गोमा शहरमा इबोला देखियो

२०७६, ३० असार सोमबार ०६:४७

असार ३०, ऐजेन्सी | प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो । इबोला–पोजेटिभ देखिएका उनलाई तत्कालै उपचार केन्द्रमा भर्ना गरिएको छ । मन्त्रालयले गोमा शहरमा इबोलाको भाइरस फैलिने जोखिम निकै कम रहेको जनाएको छ । 

विश्व स्वास्थ्य संगठनले हालै एक प्रतिवेदन जारी गरी कंगोमा इबोला फैलिने खतरा निकै बढेको भन्दै चिन्ता व्यक्त गरेको थियो । करिब एक वर्ष यतादेखि निकै फैलिन थालेको इबोलाबाट संक्रमित बिरामीको संख्या दुई हजार नाघेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

गत महिना छिमेकी मुलुक उगान्डामा इबोलाको संक्रमण तिब्र भएपछि जाम्बिया र तान्जानिया जस्ता छिमेकी मुलुकहरुले सीमामा बिरामीको जाँचलाई निकै कडा बनाएका थिए ।

सन् २०१४ र २०१६ मा लाइबेरिया, गिनी र सियरालियोनमा व्यापक रुपमा फैलिएको इबोलाबाट करिब ११ हजार ३०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ