2026-07-24 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म अघि बढ्छु’ भोलिदेखि

असार ३०, विराटनगर । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले युवालाई नैतिकवान बनाउन ‘म अघि बढ्छु’ कार्यक्रम भोलि असार ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

दुव्र्यसनीमुक्त समाज, अपराध नियन्त्रण, विपद् व्यवस्थापनमा स्वयंसेवक तयार गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागेको मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका १४ जिल्लामा युवालाई चरित्रवान एवं नैतिकवान बनाउन सगरमाथा टिन्स क्लबमार्फत असार ३१ देखि ‘म अघि बढ्छु’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानबाट कक्षा ९ देखि १२ तथा १३ देखि १९ वर्ष उमेर समूहका सामुदायिक तथा निजी दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लाभान्वित हुनेछन् ।  

मन्त्रालयका सचिव भरतमणि रिजालले अभियान सञ्चालनका लागि रु दुई करोड ५० लाख बजेट छुट्याएको बताउनुभयो । प्रदेश नं १ मा ११ प्रतिशत युवा दुव्र्यसनी कुलतमा लागेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक