२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

२०७६, २ श्रावण बिहीबार ०५:४५

साउन २, भद्रपुर । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बगाएको थियो । झापामा असार अन्तिम साताको बाढीमा तीन बालबालिकाको मृत्यु भएको छ भने बेपत्ता हुने सुफल मात्र हुन् ।

बेपत्ता सुफलकी पत्नी तलामी हस्दाले प्रहरी चौकी चारआली र मेचीनगर नगरपालिका–१४ को कार्यालयमा खोजीकार्य गरिदिन निवेदन दिनुभएको छ । फुलबासाखोलाको डिलमा छाप्रे घर भएका सुफलको पत्नी, एक छोरी र दुई छोरा छन् ।

मेचीनगर–१४ का अध्यक्ष शङ्कर पोखरेलले गाउँले, आफन्त र प्रहरी मिलेर खोज्दा सुफलको सास वा लाश केही फेला नपरेको बताउनुभयो ।

खोलाले बगाउँदै गरेको देख्नेहरु भएको हुँदा सुफल जीवित भेटिने आशा नभएको वडाध्यक्ष पोखरेल बताउनुहुन्छ ।

डेढ दशकअघि सवारी दुर्घटनामा परेर दाहिने खुट्टा गुमाएका सुफलले वैशाखी टेकेर हिँड्ने भएता पनि एक खुट्टाको भरमा दिनभर खेतमा आली लगाउने, बीउ काढ्ने, घर निर्माणमा इँटा सिमेन्ट जोड्नेलगायतका कृषि तथा निर्माण क्षेत्रमा मजदुरी गर्दै आएको छिमेकी ढेना बेस्रा बताउनुहुन्छ ।

खोलाले बगाएको भोलिपल्ट घरैमा आएर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले खोजविन गर्न रु दुई हजार नगद सहयोग दिनुभएको बेपत्ता सुफलका वयोवद्ध बुबा चरण हस्दाले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले प्रहरीले बेपत्ताको मुचुल्का प्रमाणित गरेर नगरपालिकाको प्रक्रिया पूरा भएपछि बेपत्ता परिवारले सरकारी राहत पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय