२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी, अमेरिकाले गरेको दाबि अस्विकार

२०७६, ३ श्रावण शुक्रबार ११:१६

साउन ३, ऐजेन्सी | अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

 अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्नुभएको थियो ।उक्त ड्रोन अमेरिकी पानीजहाज भन्दा करिब एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले बताउनु भएको समाचारमा जनाइएको छ ।  

यस घटनाले इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी, सामग्री र स्वार्थको रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको ह्वाइट हाउसस्थित राष्ट्रपति ट्रम्पले बताउनु भएको छ ।

तर आफ्ना सबै ड्रोन सुरक्षित फर्केको इरानका सशस्त्रबलका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफज्ल सिकार्चीले बताउनु भएको छ ।  इरानको कुनै पनि ड्रोन अमेरिकी पानी जाहाजसँग आमनेसामाने नभएको सिकार्चीले बताउनु भएको छ । ट्रम्पका अनुसार बिहीबार ‘युएसएस बक्सर’ले आफ्नो आत्मरक्षाको लागि आक्रमण गरेको बताउनु भएको छ । 

इरानका उपविदेश मन्त्री अब्बास आरागचीले ड्रोन खसालेको यस दाबीको अस्विकार गर्नु भएको छ । अमेरिका र इरानबीच सम्बन्ध तनावग्रस्त रहेको र यी घटनाहरूका कारण उक्त क्षेत्रमा सैन्य सङ्घर्ष सुरु हुनसक्ने भय उत्पन्न भएको छ । अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट भिन्न भएर तेहरानमाथि कडा प्रतिबन्ध लगाएयता तनाव बढ्दै गएको हो । 

इरानले यसअघि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै अमेरिकी ड्रोनलाई स्ट्रेट अफ होर्मुजमै खसालेको थियो । तर अमेरिकाले भने उक्त ड्रोन आक्रमणमा पर्दा इरानको हवाई क्षेत्रभन्दा बाहिर पर्ने समुद्री क्षेत्रमा रहेको बताउँदै आएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?