Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कसले बनाउन मेट्रो रेल ? सरकारद्वारा कम्पनी छनोट प्रक्रिया अघि बढ्यो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ५, काठमाडौँ | सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (पिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ ।

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डिपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।

विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीहरस्ति प्रस्ताव (आरुएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव हालेका थिए ।

प्रस्तावमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरुसित डिपीआर तयार पार्नका लागि प्राविधिक आर्थिक प्रस्ताव मागेको छ ।

ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डिपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए ।

- यो समाचार बलराम बानियाँले कान्तिपुर दैनिकमा लेखेका छन् ।