2026-07-24 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’

साउन ५, काठमाडौँ (रासस) | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताउनुभएको छ ।

प्रवासको चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा श्रम, समाज र संस्कृति’ विषयको विचारगोष्ठीमा उहाँले चीन र भारतजस्ता विकसित देशको बीचमा रहेर नेपाल सधैँ अविकसित रहन नसक्ने बताउनुभयो । यी दुवै देशलाई छिमेकी अशान्त हुँदा नेपालले ‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’ भन्दै आएको पनि उहाँले बताउनुभयो ।

नेपालले आफूसँग भएको ‘सफ्ट पावर’(बौद्धदर्शन, योग आदि) को प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो । नेपालको परराष्ट्र नीति सबैसँग मित्रता, सबैसँग स्वीकार्यता र सबैसँग आत्मीयता’ का आधारमा अघि बढेको उहाँको भनाइ थियो ।  नेपाल विगतदेखि नै स्वतन्त्र, तटस्थ र असंलग्न राष्ट्रका रुपमा पहिचान बनाउँदै आएको र अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो । नेपाल विगतदेखि नै कुनै पनि ‘एलायन्स’ मा संलग्न नभएको र त्यसैका आधारमा पहिचान बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीले त्यहाँ पुगेर पनि इमान्दार, मिहिनेती र अहिले आएर रचनात्मक भएर पनि चिनिएका छन् ।”

अर्को प्रसङ्गमा उहाँले वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउने र देशभित्रै रोजगारीको सिर्जना गर्ने दुवै कुरा सरकारको प्राथमिकतामा रहेको औँल्याउनुभयो । वैदेशिक रोजगारीमा सकेसम्म दक्ष नसके कम्तीमा अर्धदक्ष कामदार पठाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो । देशमा रोजगारी बढाउन वैदेशिक लगानीका लागि सरकारले आह्वान गरिरहेको उहाँको भनाइ थियो ।

हामीसँग भएका फरक कुरा विश्वलाई चिनाउनुपर्नेमा मन्त्री ज्ञवालीको जोड छ । महिला सहभागिताका हिसाबले नेपाल विश्वमा उत्कृष्ट देशमध्ये पर्ने कुरा होस् वा मृत्युदण्डको व्यवस्था नभएर अपराधीलाई सुधार गर्न सकिन्छ भन्ने कुरा नेपालले अरूलाई सुनाउन सक्ने विषय भएको उहाँले आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले गरेको राजनीतिक परिवर्तन पनि हामीले विश्वसामु सुनाउन सक्छौँ ।”

गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले नेपालले बोलेको विश्वका धेरै देशहरुले सुन्न थाल्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो ।  अर्थविद् पारस खरेलले अहिलेसम्म कति नेपाली प्रवासमा कार्यरत छन् भन्ने समेतको तथ्याङ्क सरकारसँग नभएको बताउनुभयो । 

संस्थाका महासचिव गणेश पाठकले संस्थाले विगतदेखि नै श्रम र रोजगारीका विषयमा छलफल गर्दै आएको बताउनुभयो । कार्यक्रममा अर्थविद्, सञ्चारविद्, परराष्ट्रविद्, चलचित्रकर्मी, पत्रकारलगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक