२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियामा खाद्यान्न यसै महिना पठाउने दक्षिण कोरियाको तयारी

६ श्रावण २०७६, सोमबार ०६:३८

साउन ६, ऐजेन्सी |   दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ ।

गत महिना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो । उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा व्यापक गिरावट आएको थियो ।

एकीकरण मन्त्रालयका उपप्रवक्ता किम यून–हानले भन्नुभयो– दक्षिण कोरियाले यसै महिना (जुलाई) उत्तर कोरियालाई चामल उपलब्ध गराउँदैछ र आगामी सेप्टेम्बर महिनाभित्रै तोकिएको कोटा सबै उत्तर कोरिया पुगिसक्छ । उहाँले उत्तर कोरिया पठाइने पानीजहाज र अरु उपकरणको ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकाउन हाल गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

सन् २०१० यता उत्तर कोरियाका लागि चामल ढुवानी हुन लागेको पहिलो पटक हो । अति वर्षाका कारण खेतीबालीमा ठूलो क्षति भएका कारण त्यसबखत उत्तर कोरियाका निम्ति ५ हजार टन चामल उपलब्ध गराइएको थियो । 

उत्तर कोरियाको स्थलगत भ्रमण गरेका विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनका विज्ञ तथा प्रतिनिधिहरुले सन् २००८ यताकै विषम मौसमी प्रतिकूलताका कारण खाद्य उत्पादनमा ठूलो असर परेको र करिब एक करोड मानिस अर्थात् कूल जनसंख्याको करिब ४० प्रतिशतलाई खाद्यान्नको ठूलो अभाव रहेको प्रतिवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य