१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ: मुख्यमन्त्री राई

६ श्रावण २०७६, सोमबार ११:४१

साउन ६, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो | आर्थिक प्रलोभनमा पर्ने कर्मचारीका सूचना आफूलाई प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री राईले निर्देशनको क्रममा कर्मचारीले आजैदेखि आफ्ना व्यवहार र शैलीमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेट अगामी जेठ १५ गतेभित्रमा खर्च गरिसक्नुपर्ने गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले नतिजामा आधारित अनुगमनको प्रबन्ध मिलाइने बताउनुभयो ।  कमिशन लिने र दिने काम कसको आडमा भइरहेको छ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राईले यस्तो काम अविलम्ब रोक्न कर्मचारीलाई निर्देशन दिनुभयो ।प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले गएको आर्थिक वर्षमा पूँजीगत खर्च ५८ प्रतिशत भएको जानकारी दिनुुभयो । 

उहाँले कार्यसम्पादन मूल्याङ्नमा शतप्रतिशत प्रगति देखाउने र कार्यालयको प्रगति ५० प्रतिशत पनि हुने कर्मचारीका मूल्याङ्कन सोही आधारमा हुने जानकारी दिनुभयो । उहाँले भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि गर्नु जरुरी छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ