२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए : प्रधानमन्त्री खान

२०७६, ७ श्रावण मंगलवार ०७:०२

साउन ७, (रासस-एएफपी) | अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभएको छ ।

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए ।

अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ । 

पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा बिन लादेन रहेबसेको स्थान पत्ता लगाएका थिए । पाकिस्तानले तिनै चिकित्सक अफ्रिदीमाथि देशद्रोही कार्य गरेको भन्दै जेलमा राखेको छ ।

अमेरिकी सञ्चार माध्यम फक्स न्यूजलाई दिनुभएको अन्तर्वार्तामा भन्नुभयो –शकिललाई छाड्ने भन्ने विषय निकै भावनात्मक छ, किनभने शकिललाई पाकिस्तानमा जासूसको रुपमा व्यवहार गरिन्छ । हामी पाकिस्तानमा अमेरिकालाई सहयोगी मुलुकको रुपमा लिन्छौं र यदि हामीले नै सूचना दिएको भए हामीले ओसामा बिन लादेनलाई त्यहीबेला अमेरिकाको जिम्मा लगाउनु पथ्र्यो ।

बिन लादेनका बारेमा पाकिस्तानी गुप्तचर निकायलाई जानकारी थियो त भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री खानले भन्नुभयो–गुप्तचर निकायले सूचना दिएकै हो र त्यही आधारमा ओसामा बिन लादेन रहेबसेको ठाउँ पत्ता लगाउन सहयोग पुगेको थियो । आइएसआईले नै फोन गरेर अमेरिकी गुप्तचर निकायलाई जानकारी गराएको हो ।

तर प्रधानमन्त्री खानले पाकिस्तानी गुप्तचर निकायले कहिले, कहाँ र कसरी जानकारी गराएको थियो भन्ने विस्तृत रुपमा बताउन चाहनु भएन ।पाकिस्तानले आफूहरुलाई बिन लादेनका बारेमा जानकारी भएको औपचारिक रुपमा नबताए पनि पूर्व गुप्तचर असाद डुरानीले सन् २०१५ मा अल जजिरालाई दिएको अन्तर्वार्तामा पाकिस्तानी गुप्तचर निकाय (आइएसआई) लाई बिन लादेन लुकेर बसेको ठाउँका बारेमा जानकारी भएको दाबी गर्नुभएको थियो । 

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर आक्रमणका मुख्य अभियुक्त बिन लादेन पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अबोटाबादमा मारिएका थिए । अमेरिकाले लादेनलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको थियो । तर अबोटाबादमा बिन लादेन कहिलेदेखि बसेका थिए भन्ने अद्यापी अन्यौल नै छ ।

सन् २०१३ मा सार्वजनिक भएको एक पाकिस्तानी सरकारी गोप्य रिपोर्टमा बिन लादेन सन् २००२ देखि पाकिस्तानमा रहेको उल्लेख छ । अमेरिकाले सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेपछि नै उनी पाकिस्तान भागेको अनुमान गरिएको छ, र सन् २००५ अगष्टदेखि ओसामा अबोटाबादमा बस्दै आएका थिए ।

अमेरिकी गठबन्धनले ओसामा बिन लादेनलाई पाकिस्तानी गुप्तचर निकाय र सेनाले नै संरक्षण दिएको आरोप लगाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत