2026-09-13 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाल्पामा दाहसंस्कार गर्नै लाग्दा महिला चल्न र कराउन थालेपछि…

साउन ७, पाल्पा | अन्तिम संस्कार गर्नको लागि घाटमा पुर्याईएकि पाल्पाकी एक महिला घाटमा चितामा राख्नुअघि उठेकि छन् । घाटमा चितामा लानु अघि आधा सरिर पानीमा डुबाउने क्रममा उठेपछि घाटबाट सिधै अस्पताल पुर्याई उपचार सुरु गरिएको छ । 

पाल्पाको रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली चितामा राख्न लाग्दा जिवितै रहेको थाहा भएपछी उनलाई लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ । महिलालाई घाट लानु अघि तानसेनको युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गराई अस्पतालकै एम्बुलेन्स मार्फत घर पठाइएको थियो । मिशन अस्पतालले दिएको जानकारी अनुसार महिलाका श्रीमान सूर्यचन्द्र कँडेल र छिमेकीहरुले अस्पतालबाट बिरामी बुझेका थिए । मिशन अस्पतालमा १० दिनसम्म महिलाको उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट कटाइएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट घरमा पुर्याइएकी महिलालाई लगाइएको अक्सिजन निकालेको आधा घण्टापछि उनको ज्यान गएको भन्दै घाट लगिएको थियो । रिँडी घाट पुर्‍याएपछि चितामा राख्नुअघि आधा सरिर पानीमा डुबाउने क्रममा चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । 

बिरामी अवस्थामै घाट लगिएकी ज्ञवालीलाई आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर डिस्चार्ज गरिदिएको थियो । घाटबाट अस्पताल पुर्याईएकि ति महिलाको स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेपछी थप उपचारका लागि अर्को अस्पताल लैजान सुझाब दिएका थिए । उनलाई सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेर उपचार भइरहेको छ ।

झाडापखाला लागेपछि ति महिलालाई अस्पताल लागिएको थियो । उनलाई मुटुको समेत समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा पाएपछि आर्थिक अभाव देखाई महिलाका आफन्तले अस्पताललाई डिस्चार्ज गर्न दबाब दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन