२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाल्पामा दाहसंस्कार गर्नै लाग्दा महिला चल्न र कराउन थालेपछि…

७ श्रावण २०७६, मंगलवार १७:३८

साउन ७, पाल्पा | अन्तिम संस्कार गर्नको लागि घाटमा पुर्याईएकि पाल्पाकी एक महिला घाटमा चितामा राख्नुअघि उठेकि छन् । घाटमा चितामा लानु अघि आधा सरिर पानीमा डुबाउने क्रममा उठेपछि घाटबाट सिधै अस्पताल पुर्याई उपचार सुरु गरिएको छ । 

पाल्पाको रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली चितामा राख्न लाग्दा जिवितै रहेको थाहा भएपछी उनलाई लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ । महिलालाई घाट लानु अघि तानसेनको युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गराई अस्पतालकै एम्बुलेन्स मार्फत घर पठाइएको थियो । मिशन अस्पतालले दिएको जानकारी अनुसार महिलाका श्रीमान सूर्यचन्द्र कँडेल र छिमेकीहरुले अस्पतालबाट बिरामी बुझेका थिए । मिशन अस्पतालमा १० दिनसम्म महिलाको उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट कटाइएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट घरमा पुर्याइएकी महिलालाई लगाइएको अक्सिजन निकालेको आधा घण्टापछि उनको ज्यान गएको भन्दै घाट लगिएको थियो । रिँडी घाट पुर्‍याएपछि चितामा राख्नुअघि आधा सरिर पानीमा डुबाउने क्रममा चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । 

बिरामी अवस्थामै घाट लगिएकी ज्ञवालीलाई आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर डिस्चार्ज गरिदिएको थियो । घाटबाट अस्पताल पुर्याईएकि ति महिलाको स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेपछी थप उपचारका लागि अर्को अस्पताल लैजान सुझाब दिएका थिए । उनलाई सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा लगेर उपचार भइरहेको छ ।

झाडापखाला लागेपछि ति महिलालाई अस्पताल लागिएको थियो । उनलाई मुटुको समेत समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा पाएपछि आर्थिक अभाव देखाई महिलाका आफन्तले अस्पताललाई डिस्चार्ज गर्न दबाब दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य