२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’…

१० श्रावण २०७६, शुक्रबार १०:२९

साउन १०, (रासस-सिन्ह्वा)  | उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । 

उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो । ती क्षेप्यास्त्रहरु करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका बताइएपछि यसबाट छिमेकी दक्षिण कोरिया र अमेरिकालाई पर्नसक्ने खतराका बारेमा अनुसन्धान गरिएको बताइएको छ । 

दक्षिण कोरियाको राजधानी सोलमा रहेको उक्त संयुक्त सैन्य अभ्यासको कमाण्डले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी ती क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई कुनै खतरा नदेखिएको पाइएको जनाएको छ । 

दक्षिण कोरियाका सेनापतिले उत्तर कोरियाले बिहीबार परीक्षण गरेको पछिल्लो क्षेप्यास्त्र अहिलेसम्म नै उसले गर्दै आएको परीक्षणमा नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बिहीबार बताउनुभएको थियो । 

उत्तर कोरियाले अकस्मात ती क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले पनि गोप्य रुपमा अनुसन्धान थालेको बताएका छन् । 

उनीहरुको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको पाइएको उल्लेख गरिएको छ । दोस्रो क्षेप्यास्त्र भने ६९० किलोमिटर टाढासम्म पुगेको बताइएको थियो । 

सिओल र वासिङ्टनद्वारा संयुक्त रुपमा प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “यी क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई प्रत्यक्ष रुपमा कुनै खतरा छैन र यसबाट सुरक्षा अवस्थामा पनि कुनै फरक पार्ने देखिँदैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच विभिन्न चरणमा वार्ता जारी रहेको छ । गत महिना मात्र पनि दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएको थियो । 

उत्तर कोरियाले आफ्नो विगतको क्षेप्यास्त्र परीक्षणको क्रमलाई स्थगित गरेको जनाएको थियो । उसले लामो समयसम्म क्षेप्यास्त्र हानेको थिएन ।अमेरिका–उत्तर कोरियाबीच गत बर्ष पहिलोे वार्ता चलेपश्चात यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने  विषयमा वार्ता र छलफलहरु भइरहेका छन् । तर बिहीबार उत्तर कोरियाले भने अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ । 

गएको मे महिनामा उत्तर कोरियाले एउटा सामान्य प्रकृतिको र छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । तर यस घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना तिना घटनाका रुपमा लिएको बताउनुभएको थियो । 

यस पटकका यी क्षेप्यास्त्रहरु मे महिनामा गरिएका क्षेप्यास्त्रभन्दा शक्तिशाली भएको अनुमान गरिएको छ । यस परीक्षणपछि भने दुई मुलुकबीचको सम्बन्धमा के कस्तो असर गर्ने हो भन्ने विषयमा विभिन्न अड्कलहरु काटिएका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र उत्तर कोरियाबीच आगामी जुलाईमा उच्चस्तरीय वार्ता हुनसक्ने केही समयअघि मात्र बताउनुभएको थियो । 

तर बिहीबारको यो क्षेप्यास्त्र परीक्षणपछि विश्लेषकहरुले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् । 

यस सैन्य अभ्यासको उत्तर कोरियाले बिगतदेखि नै विरोध गर्दै आएको थियो । यो पछिल्लो परीक्षणपछि राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता अनको औपचारिक भनाई सार्वजनिक भएको छैन ।  

अमेरिका र दक्षिण कोरियाले बेला बेलामा गर्ने गरेको संयुक्त सैन्य अभ्यासले अमेरिकासँगको आफ्नो वार्तामा पनि असर परिरहेको भनाई उत्तर कोरियाले बारम्बार राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य