२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’…

२०७६, १० श्रावण शुक्रबार १०:२९

साउन १०, (रासस-सिन्ह्वा)  | उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । 

उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो । ती क्षेप्यास्त्रहरु करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका बताइएपछि यसबाट छिमेकी दक्षिण कोरिया र अमेरिकालाई पर्नसक्ने खतराका बारेमा अनुसन्धान गरिएको बताइएको छ । 

दक्षिण कोरियाको राजधानी सोलमा रहेको उक्त संयुक्त सैन्य अभ्यासको कमाण्डले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी ती क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई कुनै खतरा नदेखिएको पाइएको जनाएको छ । 

दक्षिण कोरियाका सेनापतिले उत्तर कोरियाले बिहीबार परीक्षण गरेको पछिल्लो क्षेप्यास्त्र अहिलेसम्म नै उसले गर्दै आएको परीक्षणमा नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बिहीबार बताउनुभएको थियो । 

उत्तर कोरियाले अकस्मात ती क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले पनि गोप्य रुपमा अनुसन्धान थालेको बताएका छन् । 

उनीहरुको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको पाइएको उल्लेख गरिएको छ । दोस्रो क्षेप्यास्त्र भने ६९० किलोमिटर टाढासम्म पुगेको बताइएको थियो । 

सिओल र वासिङ्टनद्वारा संयुक्त रुपमा प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “यी क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई प्रत्यक्ष रुपमा कुनै खतरा छैन र यसबाट सुरक्षा अवस्थामा पनि कुनै फरक पार्ने देखिँदैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच विभिन्न चरणमा वार्ता जारी रहेको छ । गत महिना मात्र पनि दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएको थियो । 

उत्तर कोरियाले आफ्नो विगतको क्षेप्यास्त्र परीक्षणको क्रमलाई स्थगित गरेको जनाएको थियो । उसले लामो समयसम्म क्षेप्यास्त्र हानेको थिएन ।अमेरिका–उत्तर कोरियाबीच गत बर्ष पहिलोे वार्ता चलेपश्चात यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने  विषयमा वार्ता र छलफलहरु भइरहेका छन् । तर बिहीबार उत्तर कोरियाले भने अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ । 

गएको मे महिनामा उत्तर कोरियाले एउटा सामान्य प्रकृतिको र छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । तर यस घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना तिना घटनाका रुपमा लिएको बताउनुभएको थियो । 

यस पटकका यी क्षेप्यास्त्रहरु मे महिनामा गरिएका क्षेप्यास्त्रभन्दा शक्तिशाली भएको अनुमान गरिएको छ । यस परीक्षणपछि भने दुई मुलुकबीचको सम्बन्धमा के कस्तो असर गर्ने हो भन्ने विषयमा विभिन्न अड्कलहरु काटिएका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र उत्तर कोरियाबीच आगामी जुलाईमा उच्चस्तरीय वार्ता हुनसक्ने केही समयअघि मात्र बताउनुभएको थियो । 

तर बिहीबारको यो क्षेप्यास्त्र परीक्षणपछि विश्लेषकहरुले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् । 

यस सैन्य अभ्यासको उत्तर कोरियाले बिगतदेखि नै विरोध गर्दै आएको थियो । यो पछिल्लो परीक्षणपछि राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता अनको औपचारिक भनाई सार्वजनिक भएको छैन ।  

अमेरिका र दक्षिण कोरियाले बेला बेलामा गर्ने गरेको संयुक्त सैन्य अभ्यासले अमेरिकासँगको आफ्नो वार्तामा पनि असर परिरहेको भनाई उत्तर कोरियाले बारम्बार राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल