२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्याउको ‘ग्रेडिङ’गर्न ल्याइएको मेशिन अलपत्र

२०७६, १२ श्रावण आईतवार ०७:०३

साउन १२, जुम्ला | जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । 

पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ । मेशिन सञ्चालन गर्नैका लागि आएको जेनेरेटर र स्याउ ग्रेडिङ मेशिन राख्नलाई निर्माण गरिएको भवनसहित अर्कैलाई भाडामा दिएको बताइएको छ ।

मासिक रु १५ हजारमा भाडामा दिएको जिल्ला सहकारी सङ्घका अध्यक्ष पदम महतले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘‘जुम्लामा सुहाउँदो मेशिन नआएको र प्राङ्गारिक जिल्ला भएकाले यहाँको स्याउलाई धुन पनि नमिल्ने भएकाले यो मेशिन उपयुक्त नभएकाले थन्किएको हो ।’’

जुम्लामा पहिलोपटक मेशिन पुग्दा स्याउ ग्रेडिङ गरिएको भए पनि कृषकहरुले स्याउ ग्रेडिङ नगरी बिक्री गरेपछि मेशिन नचल्ने  अवस्थामा पुगेको अध्यक्ष महतले बताउनुभयो । यसको अनुगमन गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण