१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

१२ श्रावण २०७६, आईतवार ०८:२९

साउन १२, काठमाडौँ  | राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “जनताले गरेको आशाअनुरुप यो सरकारले परिवर्तनकारी काम गर्न सकेन ।”

यादवले देशको आर्थिक अवस्था कमजोर रहेको, नेपाल राष्ट्र बैंकसँग आठ महिनाका लागि मात्र मुद्रा सञ्चिति रहेको, व्यापारघाटा र सोधान्तरस्थिति बढेको तथा नेप्से सूची कमजोर भएको उल्लेख गर्नुभयो ।

अर्को प्रसङ्गमा संविधान अपूरो तथा अधुरो रहेकाले संविधान संशोधनको विकल्प नभएको बताउँदै उहाँले सरकारले यसमा जिद्दी गरिरहे फेरि आन्दोलन हुन सक्ने सङ्केत उहाँले गर्नुभयो ।

बर्सेनी पहाडमा पहिरो आउने तथा मधेश जलमग्न हुने स्थिति रहेकाले सरकारले बाढीपहिरो प्राधिकरण गठन गरी आकाशको पानी सङ्कलन गरी उपयोग गर्ने नीति बनाउनुपर्ने सल्लाह यादवले दिनुभयो । उहाँले पार्टीको सिद्धान्त तथा विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्ने बताउँदै समाजवादी पार्टीबाहेक साना पार्टीहरुसँग कुराकानी भइरहेको बताउनुभयो ।

संयोजक यादवले पार्टीले राजपाको महाधिवेशन घोषणा गरिसकेको स्पष्ट पार्दै महाधिवेशन सफल बनाउने, पार्टीको सङ्गठन बलियो बनाउने, सिद्धान्त, नीति तथा कार्यक्रम लागू गर्न पार्टी दृढ छ भन्नुभयोे । संसद्मा बलियो प्रतिपक्ष आवश्यक भएकाले पार्टीको विचार मिल्ने मुद्दामा राजपाले नेपाली काँग्रेससँग सहकार्य गरी संसद्मा सशक्त भूमिका खेल्ने बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी