अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी । बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी । बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भए"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्वालीचौर ८ का स्थानीयले उत्पादन गरेको दुधले बजार पाउने

२० चैत्र २०७२, शनिबार १५:४०

अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी ।
बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भएका छन । ग्वालीचौरमा आज सम्पन्न भएको स्थानिय बुद्धिजिवि, समाजसेबी लगायतको बसेको भेलाले भोलीबाट नै दुध बितरण गर्ने उद्धेश्यका साथ एक समिति समेत गठन गरिएको छ ।


ग्वालीचौर ८ दाँगमा दुध डेरी सञ्चालन समिति नाम दिइएको सो समितिको अध्यक्षमा लोकनाथ घिमिरे रहनुभएको छ भने उपाध्यक्षमा थुमलाल घिमिरे, सचिबमा नारायण पौडेल रहनुभएको छ । थानापति निमाबिमा सम्पन्न भएको भेलामा नवगठित समितिका अध्यक्ष लोकनाथ घिमिरेको नै अध्यक्षता रहेको थियो भने पशु सेवा कार्यालय बुर्तिबाङ्का पशु बिकास अधिकृत निलकण्ठ शर्मा को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई मैनबत्ती बालेर उद्घाटन गर्दे प्रमुख अतिथि शर्माले बाग्लुङ जिल्लाको पश्चिम भेगमा सबैभन्दा धेरै दुध उत्पादन हुने गरेकामा किसानहरुले आफ्नो दुध बेच्न कुनै माध्यम नभएको कारण यस्तो दुध डेरी सञ्चालन हुनु सुखद भएको बताउनुभयो । किसानहरुले आफ्नो मिहेनत अनुसारको प्रतिफल प्राप्त गर्नको लागी पनि डेरी आबश्यक रहेको र यसरी स्थापन हुनु स्वागत योग्य काम भएको बताउनुभयो ।


त्यसैगरी उहाँले सम्पुर्ण किसानहरुले आफ्नो घरमा हुने दुध ल्याएर दुध बिक्रि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पशु सेबा उपकेन्द्र खर्बाङ्का नायब प्राबिधिक सहायक महेन्द्रराज पन्थीको बिशेष उपस्थिती रहेको थियो ।


कार्यक्रमको सञ्चालन थानापति निमाबिका प्रद्यानाध्यापक खिमराज घिमिरेले गर्नुभएको थियो ।
अबबाट ग्वालीचौर ८ दाँगका का किसानहरुले आफ्नो मिहेनतले उत्पादन गरेको दुधलाई एक लिटर बराबर ५० रुपैयामा बिक्रि गर्न पाउने छन । भने स्थानीयहरुले सचिब पौडेलको घरमा दुध ल्याइ पुर्याएमा भिमगिठे बेकरिज उद्योगमा दुध पुग्ने गवालीचौरबाट सहयोगी चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । यसरी दुध डेरी स्थापन हुनु सुखद भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार