अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी । बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी । बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भए"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्वालीचौर ८ का स्थानीयले उत्पादन गरेको दुधले बजार पाउने

२० चैत्र २०७२, शनिबार १५:४०

अनिश शर्मा गैरे/प्रकाश घिमिरे । चैत २०, गुल्मी ।
बाग्लुङ्को ग्वालीचौर ८ का किसानहरुले अब आफ्नो मिहेनतले उत्पादन गरेको दुधको उचित मुल्यका साथ बिक्रि बितरण गर्न पाउने भएका छन । ग्वालीचौरमा आज सम्पन्न भएको स्थानिय बुद्धिजिवि, समाजसेबी लगायतको बसेको भेलाले भोलीबाट नै दुध बितरण गर्ने उद्धेश्यका साथ एक समिति समेत गठन गरिएको छ ।


ग्वालीचौर ८ दाँगमा दुध डेरी सञ्चालन समिति नाम दिइएको सो समितिको अध्यक्षमा लोकनाथ घिमिरे रहनुभएको छ भने उपाध्यक्षमा थुमलाल घिमिरे, सचिबमा नारायण पौडेल रहनुभएको छ । थानापति निमाबिमा सम्पन्न भएको भेलामा नवगठित समितिका अध्यक्ष लोकनाथ घिमिरेको नै अध्यक्षता रहेको थियो भने पशु सेवा कार्यालय बुर्तिबाङ्का पशु बिकास अधिकृत निलकण्ठ शर्मा को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई मैनबत्ती बालेर उद्घाटन गर्दे प्रमुख अतिथि शर्माले बाग्लुङ जिल्लाको पश्चिम भेगमा सबैभन्दा धेरै दुध उत्पादन हुने गरेकामा किसानहरुले आफ्नो दुध बेच्न कुनै माध्यम नभएको कारण यस्तो दुध डेरी सञ्चालन हुनु सुखद भएको बताउनुभयो । किसानहरुले आफ्नो मिहेनत अनुसारको प्रतिफल प्राप्त गर्नको लागी पनि डेरी आबश्यक रहेको र यसरी स्थापन हुनु स्वागत योग्य काम भएको बताउनुभयो ।


त्यसैगरी उहाँले सम्पुर्ण किसानहरुले आफ्नो घरमा हुने दुध ल्याएर दुध बिक्रि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पशु सेबा उपकेन्द्र खर्बाङ्का नायब प्राबिधिक सहायक महेन्द्रराज पन्थीको बिशेष उपस्थिती रहेको थियो ।


कार्यक्रमको सञ्चालन थानापति निमाबिका प्रद्यानाध्यापक खिमराज घिमिरेले गर्नुभएको थियो ।
अबबाट ग्वालीचौर ८ दाँगका का किसानहरुले आफ्नो मिहेनतले उत्पादन गरेको दुधलाई एक लिटर बराबर ५० रुपैयामा बिक्रि गर्न पाउने छन । भने स्थानीयहरुले सचिब पौडेलको घरमा दुध ल्याइ पुर्याएमा भिमगिठे बेकरिज उद्योगमा दुध पुग्ने गवालीचौरबाट सहयोगी चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । यसरी दुध डेरी स्थापन हुनु सुखद भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो