2026-07-24 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने भन्दै लाखौँ ठगीको आरोपमा दुई जना पक्राउ

साउन १२, विराटनगर । राम्रो रोजगारीमा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको छ ।श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा वैदेशिक रोजगारमा राम्रो तलब र सुविधा पाउने आश्वास देखाउने र रकम पाएपछि सम्पर्कविहीन भएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बरहाक्षेत्र नगरपालिकास्थित प्रजापति काफ्ले पक्राउ परेका छन् ।

थारूलाई काठमाडांैँको  बानेश्वर र काफ्लेलाई सुनसरीको बरहाक्षेत्र–६ बसपार्कबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालय उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । 

उहाँका अनुसार पक्राउ परेका थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाइ दिने भन्दै धरानका दुई जना युवाबाट रु १७ लाख ठगी गरेका  छन् ।

निजले  धरान–१५ का पिण्डेश्वरी चौकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् ।

यस्तै काफ्ले विभिन्न १३ व्यक्तिलाई विभिन्न देशमा रोजगारीका पठाउने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक