२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, बीसको मृत्यु

१३ श्रावण २०७६, सोमबार ११:०१

१३ साउन (रासस-एएफपी) | अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ ।  

सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए । आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी रहेको बताइएको थियो । स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४ः४० बजे  सालेहको ‘ग्रीन ट्रेन्ड’कार्यालयनजिकै पारेर विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ । 

विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,”अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताउनुभयो । सोमबार बिहान प्राप्त समाचारमा २० जनाको ज्यान गएको पुष्टि गरिएको छ । मारिनेमा चार जना प्रहरी र १६ जना गैर सैनिक नागरिक रहेका छन् । राति भएको सो आक्रमणमा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको र उनीहरुमध्ये कतिपयको प्रहरी कारबाहीमा परी ज्यान गएको थियो । 

उक्त आक्रमणबाट ४३ जना सर्वसाधारण नागरिक घाइते भएका छन् । आक्रमणकारीहरु मध्येबाट चार जनाको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ ।  सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उहाँले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको अफगानिस्तानमा आइतबारबाट राष्ट्रपतीय निर्वाचनको अभियान सुरु भएको छ । सालेह पनि सो निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारका रुपमा घोषणा गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य