२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढीगण्डकीको मुआब्जा नरोक्न माग

१५ श्रावण २०७६, बुधबार १६:४७

साउन १५, काठमाडौँ । नेपाली काङ्ग्रेसले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाका केही स्थानका घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य एका एक रोक्का गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । 

काङ्ग्रेसले सो परियोजना निर्माण गर्दा डुबानमा पर्ने गोरखा र धादिङका धेरै गाउँपालिकाको जग्गाको मुआब्जा वितरण भइसकेको तर आरुघाटबजार, खहरेबजार र आरखेतबजार क्षेत्रको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य सरकारको आदेशमा एकाएक रोक्का गरिएको आरोप लगाएको छ ।  

परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारको घरजग्गा चार/पाँच वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएपछि सो क्षेत्रका बासिन्दा मारमा परेका छन् । 

पार्टी केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले उक्त अवस्थालाई ध्यानमा राखी सो बजार क्षेत्रमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्ब वितरण गर्न माग गर्ने निर्णय गरेको हो ।

गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रीत छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, शङ्कर भण्डारीले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

यस बाहेक बैठकमा विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचिमाथि छलफल जारी रहेको पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक यही साउन १७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य