२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनबाट आयातहुने सामाग्रीमा थप शुल्क लगाउने ट्रम्पको घोषणासंगै आइफोन प्रभावित हुने

१७ श्रावण २०७६, शुक्रबार ०५:४२

 साउन १७, एजेन्सी | आगामी सेप्टेम्बर महिनाको १ तारिख देखि चीनबाट अमेरिका भित्रिने  ३ खर्ब अमेरिकी डलर मूल्य बराबरका चिनीयाँ सामग्रीमाअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप शुल्क लगाउने बताएका छन् । उनले आफ्नो ट्वीटमार्फत भनेका छन्, ‘व्यापार वार्ता जारी छ, अमेरिकाले सेप्टेम्बर महिनाको १ तारिखदेखि चीनबाट हाम्रो देशमा आउने गरेको ३ खर्ब अमेरिकी डलरका सामग्रीमा १० प्रतिशत शुल्क थप हुन्छ ।’

सिएनएनका अनुसार केही दिन अघि संवाददातासँग ह्वाइट हाउसमा उनले २५ प्रतिशतसम्म आर्थात् त्योभन्दा माथि पनि शुल्क लगाउने चेतावनी दिएका थिए । ‘१० प्रतिशतबाट सुरु हुने शुल्क २५ प्रतिशतभन्दा माथि हुनेछ ।’ ट्रम्पले भने, ‘तर हामीलाई त्यस्तो गर्न आवश्यक नपरोस् ।’

नयाँ शुल्कले अमेरिकी उपभोक्तालाई पहिलेको भन्दा बढी समस्यामा पार्नेछ । यो शुल्क आइफोन र अन्य इलेक्ट्रोनिक्स तथा खेलौनालगायतका सामग्रीमा लाग्नेछ । गत वर्ष राष्ट्रपति ट्रम्पले २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ औद्योगिक सामग्रीलाई लक्षित गरी शुल्क थोपरेका थिए ।

‘हामीले धेरै अर्ब डलरका कुरा गरिरहेका छौँ, पक्का पनि हाम्रा उपभोक्तामा कुनै पनि प्रकारको मूल्यवृद्धि भएकोे छैन, यो चीनको लागत हो,’ राष्ट्रपति ट्रपको यो टिप्पणीबाट शुल्कका त्रासले चीनबाट कम्पनीहरु बाहिरहेका छन् । ट्रम्पले चीनलाई नयाँ चेतावनी दिएपछि चीनको शाङ्घाईको ओभल कार्यालयको बैठकमा उसका व्यापार समूहलाई एक साताको प्रतिवेदन तयार गर्न भनिएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य