२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी महिला अब पुरूष बिना पनि विदेश घुम्न पाउने

२०७६, १७ श्रावण शुक्रबार ०७:३२

साउन १७, एजेन्सी | साउदी अरबका महिलाहरूले अब एक्लै विदेश घुम्न पाउने भएका छन्। शुक्रबारदेखि लागु भएको नयाँ कानुनअनुसार २१ वर्ष पुगेका साउदी महिला कुनै पुरूषको स्वीकृति नलिई विदेश घुम्न जान सक्छन् |

यसअघि महिलाहरूले पासपोर्टको सिफारिस लिँदा नै पुरूष (बुवा, श्रीमान् वा अन्य आफन्त) लाई संरक्षकमा उल्लेख गर्नुपर्थ्यो | ती संरक्षकको स्वीकृतिपछिमात्र उनीहरूले पासपोर्ट पाउँथे | साउदी महिलाहरू यसअघि देशबाट भागेर बाहिर शरणार्थी बन्ने गरेका थिए।  गत जनवरीमा क्यानडाले साउदीबाट भागेकी एक जना १८ वर्षीय किशोरीलाई शरण दिएको थियो।

नयाँ कानुनले महिलालाई पुरूष समान जन्मदर्ता, विवाह दर्ता र सम्बन्धविच्छेदको निवेदन पनि दिन सक्ने अधिकार दिएको छ। त्यस्तै महिलालाई रोजगारको अवसर र ज्याला पनि पुरूष समान दिइनेछ। साउदी राजकुमार मोहम्मद बिन सलमानले यसअघि महिलाहरूले सवारी चालक पत्र नपाउने नियमलाई हटाएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ