२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा दुई जनालाई मृत्युदण्ड

२०७६, १७ श्रावण शुक्रबार ०८:२०

साउन १७, टोकियो (रासस-एएफपी)  । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ ।

यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो । 

जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन् । विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतका अन्तर्राष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

जापानका कानुनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात् मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको संवाददाताहरुलाई बताउनुभयो ।

मृत्युदण्ड दिइएकाहरुमा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन् । शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो ।

जापानमा सन् १९९८ देखि मृत्युदण्डको सजायलाई गोप्य नराखी सार्वजनिक जानकारीमै ल्याएर मृत्युदण्ड दिन थालिएको थियो । सन् २०१८ मा पनि १५ जनालाई मृत्युदण्ड दिइएको थियो जसमा सन् १९९५ मा टोकियोमा सरिन ग्यास आक्रमणका दोषी १३ जना पनि रहेका थिए । 

गत वर्ष सन् २०१८ को जुलाईमा ओम शिनरिक्यो सम्प्रदायका पूर्व गुरु शोको आशाहारा समेतलाई मृत्युदण्ड दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय