2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

साउन १९, सर्लाही । कविलासी नगरपालिका–७ सिरसियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको मोटरसाइकललाई बोलबम (शिवभक्त) सवार ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट चक्रघटा गाउँपालिका–६ निवासी हृदय दासको १७ वर्षीया छोरी रामशीलाकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गए राति ११ः१५ बजेको समयमा ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी दासलाई तत्कालै सर्लाही अस्पताल मलङ्गवामा पु¥याइएको थियो । तर उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्र्याक्टरको नम्बर खुलेको छैन । ठक्कर दिने ट्र्याक्टरको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतकको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

यसैबीच सर्लाहीको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुरस्थित नेपाल– भारत सीमा नजिकै रहेको पोखरीमा डुबेर एक भारतीय युवक बेपत्ता भएका छन् । शनिबार साँझ तीन साथीसँग पोखरीमा नुहाउन गएका भारत बिहार सीतामढी जिल्ला बथुवारा लालबन्दी–२ निवासी हबिव अन्सारीका १६ वर्षीय छोरा अजुव अन्सारी पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।

 हिजो साँझ ५ बजेदेखि नै पोखरीमा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । पोखरीमा बढी पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । खोजीकार्य अहिले पनि जारी नै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही