2026-08-26 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो ओप्स अन्तर-विद्यालय स्तरीय फुटबल प्रतियोगिता: प्रगती बोडिङ स्कुल प्रथम

साउन २०, काठमाडौँ | दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । अर्गानाईजेशन अफ प्रांईभेट स्कुल (ओप्स)को आयोजना र नर्थ प्वाईन्ट एकेडेमी तारकेश्वर–१० को संयोजनमा ३ दिन सम्म सञ्चालित सो प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा प्रगती बोडिङ स्कुलले प्रथम स्थान, ज्ञानमन्दिर हाई स्कुलले द्धितृय स्थान, सामाखुसी बोडिङ स्कुलले तृतीय स्थान र गिनिज पव्लिक स्कुलले सान्तवना स्थान हासिल गरेको छ । 

अर्गानाईजेशन अफ प्रांईभेट स्कुल (ओप्स) अन्र्तगतका १८ वटा सदस्य विद्यालयहरुको सहभागीता रहेको सो प्रतियोगितामा सामाखुसी बोडिङ स्कुलका दिवस गुरुङले वेष्ट किपर, प्रगती स्कुलका विजय पौडेलले हाई स्कोलर र गिनिज पव्लिक स्कुलका सुदिप राईले मस्ट भ्यालुएवल प्लेयरको उपाधी पाएका छन् । 

सो प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्यावसन प्रदेश नं ३ का अध्यक्ष एवं ग्रिल्याण्ड स्कुलका प्रिन्सिपल थकिन कुमार गुरुङले कुनै पनि प्रगियातिा सञ्चालनमा नयाँ प्रतिभा पहिचान हुनेभएकोले हरेक विद्यालयले कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । यस्तै गरि कार्यक्रममा आफनो भनाई राख्दै ओप्सका अध्यक्ष एवं हिमरश्मी हाई स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले ओप्सको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार यो फुटसल प्रतियोगिता सञ्चालन गरेको बताए । 

सहभागीहुने विद्यालयहरु: 

१) हिमरश्मी हाइ स्कुल

२) कौशल इङ्लिस बोर्डिङ स्कुल

३) एन्जल्स् हार्ट सेकेण्डरी स्कुल

४) ज्ञान मन्दिर मा.वि.

५) लालिगुराँस नेशनल एकेडेमी

६) मनाष्लु पव्लिक हाइ स्कुल

७) विभूती विद्या मन्दिर

८) सामाखुशी इङलीस बोर्डिङ स्कुल

९) श्रृजना ज्ञानसागर सेकेण्डरी स्कुल

१०) न्यूटन चिल्ड्रेन एकेडेमी

११) नर्थ पोएन्ट एकेडेमी

१२) फेरिल्याण्ड इन्टरनेशनल

१३) सेक्रेड हार्ड सेकेण्डरी बोर्डिङ

१४) चिल्डेन हेराल्ड एकेडेमी

१५) प्रगति सेकेण्डरी बोर्डिङ

१६) गिनिज पव्लिक स्कुल

१७) प्रिसिओस नेशनल एकेडेमी

१८) पुष्पा कुञ्ज हाइ स्कुल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग