२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी ३ दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन मौसमविदको आग्रह

२०७६, २० श्रावण सोमबार ०७:२६

साउन २०, काठमाडौं । मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने अनुमान गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् ।

मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार, तराईका अधिकांश स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा दिनको समयमा त अझै भारी वर्षा हुनसक्छ ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार, तराईबाहेकका अन्य स्थानहरूमा पनि अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । यो क्रम दिउँसो पनि यथावत रहने छ । तर, रातिको समयमा पश्चिम भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

 आगामी ३ दिन पूर्व र पश्चिम तराईमा देशका अन्य भागमा भन्दा बढी वर्षा हुने अनुमान महाशाखाले गरेको छ । पहाडी भेगका थोरै स्थानमा पनि भारी वर्षा हुनसक्छ । भारी वर्षाले तराई तथा पहाडका क्षेत्रलाई बाढी पहिरोको जोखिममा पार्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु