2026-07-25 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले भेनेजुयलालाई आफ्नो शत्रु राष्ट्रको रुपमा व्यवहार गरेपछि …

साउन २१, एजेन्सी | ट्रम्प प्रशासनले भेनेजुयला सरकारका अमेरिकामा जति पनि चल अचल सम्पत्ति छन् सबै ‘फ्रिज’ गरिदिएको छ । त्यसका साथै अमेरिकाले भेनेजुयलासँगको व्यापारिक सम्बन्धलाई क्युवा, सिरिया, इरान र उत्तर कोरियाको स्तरमा पु¥याएको छ । यसको अर्थ अब अमेरिकीहरुले भेनेजुयला सरकारसँग व्यापार गर्न पाउने छैनन् ।

यस परिवर्तनलाई आधिकारिकता दिन सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी निर्देशनमा हस्ताक्षर गरे । नयाँ प्रतिबन्धहरु तत्कालबाट लागु हुनेछन् । मदुरो र उनको सरकारका मानिसले सत्ता कब्जा गरिरहेको र मानव अधिकार विरोधी कार्य गरेकाले यो पछिल्लो कदम चाल्नु परेको ट्रम्प प्रशासनले स्पष्टिकरण दिएको छ ।

अमेरिकाले जनवरीमा भेनेजुयलाको विपक्षी नेता हुआँ गुइदोलाई भेनेजुयलाको वास्ताविक नेता स्वीकारेको थियो । मुदरो सरकारको विरोधमा भइरहेको सडक आन्दोलनको क्रममा ग्वाइडोले सडकबाटै आफूलाई देशको राष्ट्रपति घोषणा गरेको थिए । लगतै अमेरिका र उसका मित्र शक्तिले ग्वाइडोको दावीलाई समर्थन गरे । तर लामो विरोधका बावजुद अमेरिकाको चाहना अनुरुप गुइदोको हातमा सत्ता गएको छैन ।

निदेर्शनले व्यापार प्रतिबन्ध त लागु गरेको छैन तर यो निर्देशन मदुरो सरकारमाथि अमेरिकाको सबैभन्दा कठोर कदम हो । योसँगै अमेरिकाले भेनेजुयलालाई क्युवा, सिरिया, इरान र उत्तर कोरियाजस्ता विरोधी राष्ट्र बराबरको दर्जा दिएको छ ।

कार्यकारी निर्देशनले मदुरो अथवा उनको सरकाराई सहयोग गरेको ठान्ने जो कसैपनि अन्तक्रिया गर्न अमेरिकी नागरिकलाई प्रतिबन्ध लगाएको छ । यस अघि अमेरिकाले भेनेजुयलाको सरकारको केही मानिस र देशको तेल उद्योगमा मात्र प्रतिबन्ध लगाएको थियो । अहिले यो प्रतिबन्धलाई वृहद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ