साउन २२, एजेन्सी | उत्तर कोरियाली नेता किम जोंग उनले हालैको आफुले परिक्षण गरेको मिसाइल र हतियार परीक्षणबारे मुख खोलेका छन् । न्यूज एजेन्सी केसीएनएका अनुसार किमले मंगलबार आफ्नो उक्त परीक्षण एक तरिकाले अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।
उनले दुबै देशको संयुक्त युद्धाभ्यासलाई उत्तर कोरियासँग भएको सम्झौताको उल्लंघन भएको बताएका छन् । अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास सोमबार सुरु भएको थियो ।
दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफले उत्तर कोरियाले कम दुरीको ब्यालेस्टिक मिसाइल दागेको जानकारी दिएका छन् । किमले मंगलबार यो परीक्षणको निगरानी गरे । पछिल्लो दुई हप्तामा यो चौथो परीक्षण हो ।