७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रारामार्टद्वारा ‘सपिंङ्ग पनि निशुल्क स्वास्थ्य बीमा पनि’ योजना सार्वजनिक

२३ श्रावण २०७६, बिहीबार १३:०४

साउन २३, काठामाडौं । रारामार्टले 'सपिंङ्ग पनि निशुल्क स्वास्थ्य बीमा पनि' योजना ल्याएको छ । रारामार्ट अनलाइन मार्फत सामान खरिद गर्ने खरिदकर्ताको परिवारको १ लाखसम्म स्वास्थ्य बीमा सुविधा पाउने कार्यक्रम सहित उक्त प्रडक्ट लञ्च गरिएको हो। 

रारामार्टले अनलाइन मार्फत ग्राहकले समान किनेको आधारमा न्युनतम २० हजारको समान किन्दा २५ हजार लगायत समान किनेको आधारमा अधिकतम १ लाख सम्म स्वास्थ्य बीमा पाउने सुविधा ल्याएको छ ।


रारामार्टले प्रत्येक शुक्रबारलाई ‘रारा फ्राइडे, अनलाईन हाटबजार’ प्रडक्ट पनि लञ्च गरेको छ । प्रत्येक शुक्रबारलाई किनमेल दिनको रुपमा स्थापित गर्ने उदेश्यले राराले यो प्रडक्ट लञ्च गरेको जनाएको छ । रारा फ्राइडे हरक हप्ताको शुक्रबार दिउँसो १२ बजेदेखि राती १२ सम्म सञ्चालन हुनेछ । शुक्रबारको हाटबजारमा समान किन्दा ग्राहकले अन्य दिनको तुलनामा भारी छुट पाउने जनाईएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २० हजार उत्पादन बिक्री गर्दै आएको रारामार्टले आजदेखि उपभोक्ताको हितलाई ध्यान राखेर मार्टले खरिदकर्ताको परिवारकै १ लाखसम्म स्वास्थ्य बीमा कार्यक्रम अघि ल्याइएको ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रालिका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले बताए ।  मार्टले प्रिमियर इन्स्योरेन्सबाट आफ्ना ग्राहकहरुको स्वास्थ्य बीमा गराउन लागेको हो । उक्त बीमा सेवा प्रत्येक वर्ष नवीकरण हुँदै जानेछ  ।

यो वर्ष नै विश्व बजारमा पाइने ५० हजार उत्पादन नेपाली बजारमा भित्र्याउने योजना सहित अघि बढेको मार्टले काठामाडौं रिङ्गरोड भित्र २४ घण्टाभित्र निःशुल्क अनलाइन डेलीभरी सेवा दिने कार्यकारी निर्देशक सापकोटाले बताए । ‘हामी उपभोक्तालाई अन्य अनलाइन मार्केटभन्दा छिटो र सर्वसुलभ सेवा दिन्छौं,’ उनले भने- ‘विश्व बजारमा पाइने गुणस्तरीय सामान रारामार्टमा अन्य भन्दा सस्तो मूल्यमा पाउनु हुनेछ ।’

नेपालमा दुई करोड रुपैयाँबाट १ वर्ष अघि शुरु भएको रारामार्ट डटकम सेवाले छिट्टै ५ करोड लगानी गरेर सेवा विस्तार गर्ने योजना बनाउँदैछ । जापाानमा ३ वर्षअघि १२ जनाबाट शुरु गरिएको सो अनलाइन व्यवसाय अब २०२० मा अमेरिकामा पनि शुरु हुँदैछ । अमेरिकाको टेक्सासमा रारा यूएसए कर्पोरेशन भनेर दर्ता गरिएको छ भने भारतमा अबको दुई वर्षपछि यो सेवा शुरु हुँदैछ ।

नेपालमा रारामार्ट शुरु गर्ने युवा को हुन् ?

जापान अध्ययन गर्न गएका ३ नेपाली युवा प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगीले नेपालमा यो व्यवसाय भित्र्याएका हुन् । अम्गाई र नेगीले जापानको कोबे सिटीमा अवस्थित कोबे युनिभर्सिटिबाट अर्थशास्त्र र मेडिकल साईन्समा पिएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तिय अर्थशास्त्रमा पिएचडी अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

नेपाललाई चिनाउने नामाकरण गर्ने उदेश्यले रारा नाम राखएिको उनीहरु बताउँछन् । रारामार्टमा उद्योगी प्रदिपजंग पाण्डे, कुशल जोशीलगायत २० जनाको समूह छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या